काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको माग सम्बोधन गर्न राज्यलाई उपयुक्त समय मिलेको बताएका छन् । फेरि आन्दोलन सुरु भए राज्यले ठूलो मूल्य चुकाउनु पर्ने समेत महतोले चेतावनी दिएका छन् ।
मधेस आन्दोलनको स्वरुप शक्ति सञ्चयका लागि परिर्वतन गरिएको पनि अध्यक्ष महतोले दाबी गरे । उनले भने, ‘अहिलेको आन्दोलनको स्वरुप परिवर्तन शक्ति सञ्चयको लागि हो, फेरि आन्दोलन गर्नुपरे राज्यले ठूलो मूल्य चुकाउनु पर्छ ।’
कार्यक्रममा राजनीतिक विश्लेषक सिके लालले गन्तव्यमा नपुगि टुंगिएको कम आन्दोलनमध्ये अहिलेको मधेस आन्दोलन पर्ने बताए । मधेस आन्दोलनलाई समय र परिस्थितिले साथ नदिएको तथा दिल्लीको मधेससँग ठूलो स्वार्थ रहेकाले आन्दोलन सफल हुन नसकेको उनको विश्लेषण थियो ।
मधेस मुद्दालाई अन्तराष्ट्रियरुपमा समेत स्थापित गराउन सक्नु मधेस आन्दोलनको सबैभन्दा ठूलो उपलब्धी भएको उनले तर्क गरे ।



No comments