Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » उद्दिपध्वज थापाको “एक पल्ट झरेको फुल” गीतको भिडियो सार्बजनिक
«
Next
Newer Post
»
Previous
Older Post

उद्दिपध्वज थापा नेपाली सांगीतक फाँटमा उदाउँदै गरेको एक नाम हो  । भर्खरै मात्र उनले गाएको ‘एकपल्ट झरेको फुल’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक ढंगमा राजनको शब्द र संगीतमा गायक उद्दिपले पनि निकै मार्मिक पाराले गीतलाई गाएका छन् । उद्दिपको सुमधुर आवाजले सु-सजित उक्त गीतलाई राजनराज शिवाकोटीले शब्द रचना गरेका छन् भने संगीत पनि उनैले भरेका छन् । गीतलाई भिडियोको रुपमा बिशाल भण्डारीले निर्देशन गरेका छन् ।
गीत अनुसारको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । चर्चित नायिका केकी अधिकारी र नयाँ अनुहार विशाल कार्कीले पनि भिडियोमा निकै दमदार काम गरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

नयाँ नयाँ प्रयोग गर्ने विशाल नयाँ नयाँ कलाकार जन्माउनमा समेत कहिलेकाँही उदार हुन्छन् । यो पटक नयाँ गायक उद्दिपध्वज थापाको गीत ‘एकपल्ट’मा केकी संग नयाँ कलाकार विशाल लामालाई भिडीयोमा प्रस्तुत गरेका छन् ।

रिबेल क्रियसनले बजारमा ल्याएको प्रस्तुत गीतको शब्द देखि लिएर सांगितक पक्ष बलियो छ भने गायिकीले संगीत र शब्दलाई निकै साथ दिएको छ । भिडियो पनि गीत अनुसार निकै सुहाउने बनेको छ । उद्दिपध्वज थापा भन्नुहुन्छ ” यो मेरो पहिलो एल्बम हो, यो एल्बम निकाल्नको लागि मैले धरै मिहनेत गरेको छु । यो एल्बम सार्बजनिक गरेपछि मेरो सपना पुरा भएको महशुस गरेको छु र आशा छ यो गीत सबैले मन पराइदिनुहुनेछ । मेरो सपना पुरा गर्न सहयोग गर्नुहुने बिशाल भण्डारी, राजनराज शिवाकोटी तथा सम्पूर्ण टीमलाई धन्यवाद दिन चाहन्छु ।
भिडिओ हेर्नुहोस

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply