काठमाडौं । झण्डै ४ महिनादेखि तराई जारी आन्दोलन अन्त्य गर्न आइतबार साँझ वालुवाटारमा प्रधानमन्त्रीसहित भएको वार्ता खासै निष्कर्समा पुग्न सकेन् । दुवै पक्षले आ-आफ्ना पुरानै अडान दोहोर्याएर झण्डै ४ घण्टा लामो ‘वार्ता’ सिध्याए।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्तामा सरकारी पक्षले पर्याप्त गृहकार्य नै नगरेको भन्दै आक्रोशित भन्दै केही चेतावनीयुक्त भाषा बोले ।
‘वरु हामी जनतासामू हात उठाउँछौं’ ठाकुरको भनाई उदृत गर्दै वार्तामा सहभागी एक मोर्चा नेताले भने-‘तर, मधेसलाई अमान्य सम्झौतामा हस्ताक्षर गर्नेवाला भने छैनौं ।’
परिस्थीतिको गम्भिरता बुझ्न आग्रह गर्दै ठाकुरले आन्दोलनकारीलाई मान्य हुने सम्झौतासहित सम्झौता नगरे ३ वटा गम्भीर खतरा देखिएने बताए ।
महन्थले ठाकुरले देखेका ३ खतरा
आफूहरु सहमतिका लागि तयार रहेको तर, दलहरुले समयमै ध्यान नदिने हो भने मधेसी मोर्चा सिद्दिने मात्र होइन, देशको राष्ट्रिय एकतामा नै खलल पर्न सक्ने ठाकुरको चेतावनी थियो ।
उनलेले औंल्याएका ३ खतरा यस्ता छन् ।
१, दलहरुले समयमा नै मधेसी मोर्चाका जाजय माग सम्बोधन नगर्ने हो भने साम्प्रदायिक सद्भाव खलवलिन सक्छ । मधेसमा यो पटकको आन्दोलनमा केही हिंसात्मक घटना भए तर, साम्प्रदायिक सद्भाव खलवलिने खालका कुनै पनि घटना भएनन् । अघिल्ला आन्दोलनमा जस्तो मधेसी र पहाडे वीचको द्वन्द्व यसपटक देखिएको छैन् । तर, आन्दोलनले सही निकास पाउन नसक्दा यसले राजनीतिक स्वरुप त्यागेर साम्प्रदायिक स्वरुप लिनसक्ने उनले चेतावनी दिएका छन् ।
२, शान्तिपूर्ण आन्दोलनमाथि विश्वास हट्नसक्ने छ । जसले गर्दा तराईमा ६३ को मधेस आन्दोलनपछि जस्तै दर्जनौं शसस्त्र समूहहरु जन्मिन सक्छन् । जसले गर्दा तराईको सुरक्षा अबस्था भयावह हुन सक्छ ।
३, पृथकतावाद मौलाउने खतरा । सीके राउतहरु अहिले पनि मौका कुरेर बसिरहेका छन् र आन्दोलनमा घुसपेठको प्रयास पनि गरिरहेका छन् । यदि प्रमुख ददलहरुले पेलेर मधेसी मोर्चालाई सिध्याउन खोजे मधेसमा पृथकतावाद मौलाउने खतरा महन्थले देखाएका छन् ।
यस्तो अवस्था आए लोकतन्त्र नै खतरामा पर्न सक्ने, जुन आफूहरुले कहिल्यै नचाहेको महन्थले बताए । ‘हामी दुई विषयमा मात्र सम्झौता गर्दैनौं । बरु मधेसी जनताका अगाडि हात उठाउँछौ’ तमलोपा अध्यक्ष ठाकुरले भने, मधेसलाई सहि रुपमा सम्बोधन गर्न सकिएन भने साम्प्रदायिक हिंसा भड्कने, अराजकता फैलने र लोकतान्त्र नै समाप्त हुने नै खतरा उपत्न हुनसक्छ । हामी लोकतन्त्र खतरामा परोस् भन्न चाहँदैनौं ।’
यस्तो भयो बैठकको सकारात्मक समापन
मोर्चाका नेताहरुले आफ्ना कुरा राखेपछि नेताहरुलाई लागेको थियो, आज पनि मोर्चाका नेताहरु भडि्कएर निस्कने भए । तर, अन्तिमतिर वार्ताको सकारात्मक समापन भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणम निस्कने गरी छलफल गरौं भन्ने प्रस्ताव राखे ।
कांग्रेसले पनि ११ बुँदेबारे छलफल गर्न तयार रहेको बताए । एमाओवादी नेताहरुले पनि समानुपातिक समावेशीको क्लस्टर समायोजन गर्न र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको भाषा मिलाउन सकिने बताए ।
सीमांकन हेरफेरको सुनिश्चिता गरेर ३ महिनाभित्र राजनीतिक संयन्त्रबाट टुंगो लगाउन पनि आफूहरु तयार रहेको उनले बताए ।
बैठकको अन्तिममा ३ दलका नेताहरुले ११ बुँदे मागबारे छलफल गर्न कार्यदल बनाउने प्रस्तावराखे । मधेसी मोर्चाले त्यसलाई अस्वीकार गरेको छैन र महन्थ ठाकुर बाहेकका शीर्ष नेताहरु वार्तामा नरहेको भन्दै आन्तरिक छलफल गरेर जवाफ दिने बताएको छ ।




No comments