दोहा । कतारको क्रिमिनल अदालतले आफ्नै रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना बंगलादेसी नागरिकलाई मृत्युदण्ड दिने घोषणा गरेको छ ।
मृत्यु दण्ड पाउनेमा नेपाली नागरिक साहताज शेख र अन्य चार बंगलादेसी नागरिक छन् । नेपाली नागरिकको ठेगाना खुलाइएको छैन । बंगलादेशी नागरिकहरु रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्मद रसिद मुहम्मद र मुहम्मद रुसिल रहेका छन् ।
उनीहरुले आफ्नै रोजगारदातालाई निर्माणाधीन भवनको एक कोठामा लगेर हत्या गरेका थिए । रोजगार दाताको पूर्ण विवरण खुलाइएको छैन ।
मृत्युदण्डको फैसलाबारे जानकारी आइनसकेको नेपाली दूतावासले जनाएको छ ।



No comments