Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » किरिया गरेको व्यक्ति ८ महिना पछी जीवित भेटिएपछि गाउँले आश्चर्यमा
«
Next
Newer Post
»
Previous
Older Post

मोरङ । गत जेठमा मृत्यु भएको भनेर दाहसंस्कार गरिएका पथरी, शनिश्चरेका भूपाल अधिकारी आठ महिना पछी जीवितै भेटिएपछि गाउँले आश्चर्यमा परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार आठ महिनाअघि पथरी शनिश्चरे– १ मा अवस्थित शान्ति सामुदायिक वनमा फेलापरेको शवको कङ्काल र कपडा १८ वर्षीय भूपालको भएको परिवारले पुष्टि गरेपछि प्रहरीले मृत्यु भएको पुष्टि गरेर निजका परिवारलाई दाहसंस्कार गर्न लगाएको थियो ।
परिवारले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भूपालको मृत्यु पुष्टि गरेर अन्त्येष्टि गरेको आठ महिनापछि सोमबार शनिश्चरे–५ का भूपाल अधिकारी जीवितै पथरी, शनिश्चरे आफ्नो घरमा आइपुगेका छन् । सुस्तः मनस्थितिका मृत भनिएका भूपाल यसविचमा भारत पुगेको बुझिएको छ ।
पथरीका प्रहरी निरीक्षक बस्नेतका अनुसार ट्र्याक्टरमा मजदुरीको काम गर्दै आएका भूपाल जेठ १५ देखि हराएका थिए । प्रहरीकै आग्रहमा अधिकारी परिवारले सो कङ्काल गाडेका थिए । उनको ट्र्याक्टरबाट लडेर मृत्यु भएको आरोप परिवारले लगाएपछि प्रहरीले त्यतिबेला उनले काम गर्ने ट्र्याक्टरका चालकलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उनी जीवित फेला परेपछि सो कङ्काल कसको थियो भन्ने विषय थप अनुसन्धान गर्ने विषय बन्दै गएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ ।
मृत्यु भइसकेको छोरा जीवित फर्केपछि घरपरिवारमा खुसी त छाएको छ तर किरिया गरिसकेका व्यक्तिलाई घरमा राख्न नहुने भन्दै गाउँलेले विरोध गरेपछि छोरालाई घरमा राख्न अप्ठ्यारो परेको परिवारक सदस्यले जनाएका छन् ।
भूपाल भेटिएको थाहा पाउनेबित्तिकै गाउँका मानिसले घरमा राख्न नहुने भन्दै दबाब दिन थालेको भूपालकी आमा मनमाया अधिकारीले बताइन । मनमायाले भनिन-‘कसले के भन्छन् सुन्दैनौँ, मेरो छोरा म घरमै लगेर राख्छु ।’ भूपाललाई अहिले इलाका प्रहरी कार्यालय पथरी ल्याएर राखिएको छ । रासस

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply