Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » प्रधानमन्त्री जस्तै उपप्रधानमन्त्री को पनि सपना घरघरमा सोलार, सबै गाविसमा मोटर उपप्रधानमन्त्री थापा
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरु पनि महत्वकांक्षी घोषणा गर्न सुरु गर्न थालेका छन् । महत्वकांक्षी घोषणालाई लिएर प्रधानमन्त्री ओली समाजिक सञ्जालमा मजाकका पात्र बनि रहेका बेला उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले पनि त्यस्तै घोषणा गरेका छन् ।
उनले अबको दुई वर्षभित्र गाउँ-गाउँमा विकास समिति प्रतेक गाविसमा मोटरबाटो पुर्‍याइने दाबी गरेका छन् । काठमाडौं महनगरपालिको २७ औं नगरपरिषदबाट पारित बजेट तथा कार्यक्रम सार्वजिनक गर्ने कार्यक्रममा उपप्रधानमन्त्री थापाले भने’ २ वर्षभित्र सबै गाविसमा मोटरबाटो पुर्‍याउने गरी मन्त्रालयबाट कार्यक्रम घोषणा हुँदैछ ।’
सरकारी तथ्यांक अनुसार देशभरमा तीन हजार पाँचसय गाविसमध्ये अझै पाँचसय गाविसममा सडक सञ्जाल पुगेको छैन ।
मन्त्री थापाले सबैको घरमा सोलर पुर्‍याउने गरी कार्यक्रम सञ्चालन गर्न लागेको समते बताएका छन् देशमा जारी उर्जा संकटलाई ध्यानमा राखेर हरेक घरमा सोलार जोड्ने कार्यक्रमलाई अघि बढाउन खोजिएको उनले बताए ।
उनले सरकारले स्थानीय निकायको निर्वाचनका लागि सरकारले तयारी थालिकसकेको पनि उल्लेख गरे । ‘निर्वाचनबारे हामीले राजनीतिक दलहरुसँग परामर्श थालिसक्यौं । १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नभएको सन्दर्भमा कर्मचारीले खेलेको भूमिका महत्वपूर्ण रह्यो’ उनले भने-‘अब कर्मचारीहरु आफ्नो कार्यभार जनप्रतिनिधिलाई जिम्मा लगाउन तयार भए हुन्छ ।’
सरकारी वार्ता टोलीका संयोजक समेत रहेका थापाले नयाँ संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै यसमा चित्त नबुझेर सीमामा धर्ना दिन जानु अनुचित भएको पनि बताए । ‘सीमामा धर्ना बसेर जनातको घरमा चुल्हो बल्न नदिएर देशको समस्या समाधान हुँदैन । संविधानमा भएका समस्या राजनीतिक संवादबाट हल गर्न सकिन्छ’ आन्दोलनरत दलहरुलाई लक्षित गर्दै थापाले भने ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply