Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » झापा, मोरङ र सुनसरी टुक्रिन नदिने एमालेको यस्तो संकल्प
«
Next
Newer Post
»
Previous
Older Post

बिराटनगर । बिराटनगरमा आइतबार सम्पन्न भेलाले १८ बुँदे प्रस्ताव पास गर्दै नेकपा एमालेको कोशी अञ्चलस्तरीय कार्यकर्ता भेलाले प्रदेश नम्बर १ मा रहेको झापा, मोरङ र सुनसरीलाई कुनै हालतमा टुक्रिन नदिने संकल्प गरेको छ ।
प्रस्तावको २ नम्बर बुँदामा भनिएको छ-‘नयाँ संविधानमा क्षेत्र नम्बर एकमा समावेश भएको झापा, मोरङ र सुनसरी जिल्लालाई टुक्र्याएर अर्को प्रान्तमा समावेश गर्ने षड्यन्त्र भइरहेकाले यो भेला सो कुराको विरोध गर्दै यी जिल्लाहरुलाई कुनै हालतमा क्षेत्र नम्बर १ बाट टुक्रिन नदिने संकल्प गर्दछ ।’
एमालेको भेलाले मधेस आन्दोलनले साम्प्रदायिक, हिंसात्मक र विखण्डनकारी रुप लिन लागेको महसुस भएको बताएको छ । आन्दोलन भइरहेको क्षेत्रमा राज्यको उपस्थिति बलियो बनाउन सरकारसँग माग गर्दै उसले तत्काल वार्ताबाट मधेसको समस्या समाधान गर्न माग गरेको छ ।
उपसचिव घनश्याम भुसालले कोशी अञ्चलस्तरीय कार्यकर्ता भेलाको समापन गर्दै नयाँ संविधान जारी भएपछि तराई मधेसमा फैलाइएको भ्रमलाई चिर्न एमाले अव गाउँगाउँ छिर्ने पनि बताए । विशेष गरी नागरिकता, समानुपातिक समावेशी प्रतिनिधित्व लगाएका विषयमा मधेसमा भ्रम फैलाइएको उनले वताए ।
असहज परिस्थितिका वावजुत सरकारले प्रभावकारी रुपमा काम गरिरहेको भन्दै उनले सरकारको प्रशसा गरे । एमाले उपमहासचिवले भने- ‘भारतको अघोषित नाकाबन्दी र मधेसको समस्याका कारण सरकारले चाहेजति काम गर्न सकेको छैन’ ‘तर पनि विषम परिस्थिति वावजुत जे जति काम गर्न सरकार सफल भएको छ । अहिलेको अवस्थामा सन्तोषजनक मान्नुपर्छ ।’
एमाले सचिव प्रदिप ज्ञावालीले मधेस आन्दोलनमा अपराधिक प्रवृतिको मानिस प्रवेश गरी अराजकथन तथा हिसात्मक वनाउन खोजेको बताए । उनले भने- ‘कतिपय घटनाको परिदृष्य आन्दोलन भन्दा फरक देखिएका छन अपराधिक घटनामा संलग्नलाई सरकारले कानुनको दायारमा ल्याउन आवश्यक छ’ ।
एमालेको कोशी अचलस्तरीय भेलाले नेपाल भारतवीचमा १९५० को सन्धिमा संसोधन गरी सीमा क्षेत्रमा तारबेरा गर्ने र परिचय पत्रको व्यवस्था हुनु पर्ने माग गरेको छ । एमाले भेलाले चीनसँग जोडिएका सवै नाका सीमा सुचारु गरी व्यापार विविधिकरण गर्न माग समेत गरिएको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply