Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नक्कली डाक्टरलाई होटलमा कोठा दिँदा छोरो गायव !
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । हातमा हत्कडी भए पनि अनुहारमा खासै अपसोच थिएन । कलाकारदेखि डाक्टरसम्म फसाएर ठगी गरेको आरोपमा पक्राउ परेकी भगवती केसीले आफ्नो ‘ठगी-यात्रा’ देखि पक्राऊ पर्दासम्मको कहानी निर्धक्क सुनाइन् ।
होटलवालाकै छोरालाई भगाइन्
पुस ७ गते ठमेल स्थित एक होटलमा आफु ‘डा. सुहाना केसी’ को परिचय दिएर कोठा लिइन् । डाक्टर सुहानाले आफु डीआइजीकी छोरी भन्दै परिचय दिएपछि होटलका सञ्चालकले पनि सहजै कोठा दिए ।
त्यहीवीचमा डा. सुहानाले होटलका सञ्चालकका छोरालाई आफ्नो मायाजालमा पारिन् । १९ दिनपछि अर्थात डिसेम्बर २२ मा होटलबाट डा. सुहाना र होटलवालाका छोरा गायब भए । छोरा र युवती दुबै हराएको थाहा पाएपछि होटल सञ्चालक अपराध महाशाखामा पुगे । महाशाखाले तत्काल अनुसन्धान सुरु गर्दा डा. सुहाना र युवक भारत पुगिसकेका थिए ।
भैरहवा हुँदै भारत पुगेका दुबैजना जब फेला परे, तब खुल्यो यिनी न डाक्टर सुहाना थिइन्, न त कुनै डीआइजीकी छोरी नै थिइन् । उनी गुल्मीबाट बुटवल आएकी भगवती केसी पो रैछिन । जसले धेरैलाई एउटै शैलीमा ठगिसकेकी थिइन् ।

आफैं ठगिएपछि शुरु भयो ठग्ने यात्रा
केही वर्षअगाडि ‘शक्ति’ नाम गरेका एक पुरुषसँग भगवती केसीको प्रेम विवाह भएको थियो । ती पुरुषले आफूलाई कान्छी श्रीमती बनाएर लगेको खुलेपछि भगवती उनीसँग झगडा गरेर अलग रहिन ।
त्यसपछि उनले सुरु गरिन्पु रुषलाई फसाउने र ‘मूर्गा’ बनाउने धन्दा  । पोखरास्थित फेवा अस्पतालमा तिनले चिनेको कोही साथी थियो । त्यही व्यक्तिमार्फत अन्य डाक्टरहरुसँग उनको चिनजान भयो र तिनै डाक्टरमार्फत चिकित्सासम्बन्धी सामान्य कुरा सिकेपछि उनले बिरामीको चेकजाँचसमेत गर्न थालिन् र आफ्नो परिचय डा. सुहाना बनाइन् । त्यतिबेलासम्म थुप्रै डाक्टरहरु पनि सुहानाको मायाजालमा फसिसकेका थिए ।
जब सुहाना वास्तविक डाक्टर नभएको र अस्पतालका डाक्टरसमेत उनीबाट ठगिएको थाहा भयो, त्यसपछि उनी भूमिगत भइन् । उनले एकजना डाक्टरको एप्रोनसमेत चोरी गरिन् । जुन उनलाई डाक्टरजस्तो देखिनका लागि अपरिहार्य थियो ।

बाँकी नतिरेको उजुरी
अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालका अनुसार अहिलेसम्म सुहाना भनिने भगवती केसीबाट ठगिएका ८ जना पीडितले उजुरी गरेका छन् । नयाँ बसपार्क क्षेत्रका होटलमा बस्ने गरेको र पैसा नतिरेको सूचना समेत प्रहरीकोमा आएको छ ।
कतिपयलाई सामान खरिद गर्न लगाउने, कतिपयसँग नगदै सापट लिने गरेर ठगी गर्ने तिनको शैली भएको एसएसपी खनाल बताउँछन् । महाशाखाका डीएसपी रमेश थापा भन्छन्- कलाकारलाई आफु पनि कलाकार भन्ने र डाक्टरलाई डाक्टरै भन्ने सुहानाको शैलीमा डाक्टर तथा कलाकारहरु नै फसेका छन् गजबको कुरा छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply