Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » फेसबुकमा बसेको मायाले जेलमा थन्क्यायो !
«
Next
Newer Post
»
Previous
Older Post

भारतको शहर मुम्बईका एक २७ वर्षीय नेहाल अन्सारीलाई पाकिस्तानमा आफ्नी प्रेमिका खोज्ने प्रयास महंगो परेको छ । 

उनका परिवारका अनुसार सन् २०१२ मा नेहाल अन्सारीको फेसबुकमार्फत एक पाकिस्तानी युवतीसँग माया बस्न पुग्यो । 
इन्टरेनटबाट माया बसेपछि आफ्नी प्रेमिकालाई भेटाउन घरबाट जागिर खाने बहानामा निस्केका नेहाल पाकिस्तान पुगे । 

उनको योजनाबारे घरका अन्य सदस्यलाई कुनै जानकारी थिए । घर छाडेको महिनौंसम्म नेहाल फर्केनन् । छोरो घर नफर्केपछि उनका बाबुआमा चिन्तामा डुबे । 

छोराको खोजी गर्दा गर्दै ३ वर्षपछि परिवारलाई उनका छोराको पाकिस्तानको कोहाटकी एक युवतीसँग माया बसेको थाहा भयो । आफ्नी प्रेमिकासँग भेट्नैका लागि छोरो पाकिस्तान पुगेको बाबुआमाले थाहा पाए । 

अन्सारी परिवारलाई पाकिस्तानमा रहेका उनीहरुका वकीलले नेहाल अफगानिस्तानको भूमिबाट गैरकानुनीरुपमा पाकिस्तान छिर्ने क्रममा पाकिस्तानी सेनाले पक्राउ गरेको जानकारी दिए । 

आफ्नी प्रेमिकासँग भेट्ने आशमा तड्पिरहेका नेहाललाई पाकिस्तानी सेनाले पक्रेर जेलमा हालेको कुरा पनि अन्सारी परिवारले ती वकीलमार्फत थाहा पाए । 

प्रेमिकासँग मिल्ने आशमा घर छाडेका नेहाल पाकिस्तानी जेलमा सडिरहेको थाहा पाएपछि उनका बाबुआमाले छुटाउनका लागि भारत सरकारसँग हारगुहार लगाएका छन् । 

नेहाल अन्सारीकी आमा फौजिया र पिता हामिद अन्सारीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेर छोरालाई रिहा गराइ घर फर्काइदिन आग्रह गरेका छन् । 

अन्सारी परिवार सरकारको पहलमा आफ्नो प्यारो छोरो चाँडै घर फर्किने आशमा दिनरात गुजारिरहेका छन् । 
एजेन्सी : 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply