Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मधेसी मोर्चाका नेतालाई दिल्लीमा प्रश्न-आन्तरिक मामिलामा किन भारतलाई गुहारेको ?
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, मंसिर २० । मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्ली पुगे लगतै  राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् । मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले दिल्लीमा विभिन्न दलका नेताहरुलाई आइतबार भेटेका छन् । उनीहरुले युनाइटेड अध्यक्ष सरद यादव, बिहारका मुख्यमन्त्री नितिसकुमारको पार्टी जनता दल,  कांग्रेस आईका नेता करण सिंहलाई भेटेका छन् ।
भारतको राज्यसभामा नाकाबन्दी गरेका कारण नेपालमा संकट गहिरिएको र भारतविरोधी भावना बढेको भन्दै विपक्षीहरूले नरेन्द्र मोदी सरकारको आलोचना भइरहेका बेला मधेसी मोर्चाका नेताहरुलाई दिल्ली भ्रमणको निम्तो आएको थियो । राजेन्द्र र महेन्द्र सीलगुढी हुँदै शनिबार नै दिल्ली पुगेपछि महन्थ र उपेन्द्र आइतबार विहान दिल्ली पुगेका थिए ।
मोर्चाका नेताहरुले पहिलो भेट जेडियूका अध्यक्ष सरद यादवसँग गरे भने त्यसलगतै करण सिं र राष्ट्रिय कांग्रेस पार्टीका महासचिव डीपी त्रिपाठीलाई छुट्टा-छुट्टै भेटेका छन् ।
मधेसी मोर्चाका नेताहरुले साँझ भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन् । मधेसी मोर्चाका नेताहरुका लागि रात्रीभोजको समेत आयोजना गरिएको थियो ।

भेटमा मधेसी मोर्चाका नेताहरुले भारतले नेपालमाथि नाकाबन्दी गरेको नभई आफूहरुले सीमा नाकामा धर्ना दिएको र त्यसकै कारण आपूर्तिमा अवरोध भएको बताए ।
आफूहरुको आन्दोलन अधिकारका लागि भएको भन्दै मोर्चाका नेताहरुले भारतमा सत्तापक्ष र विपक्षीको एउटै धारणा हुनु पर्नेमा जोड दिएको मोर्चाका एक नेताले बताए ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले मधेसमा भइरहेको आन्दोलन र नेपाल सरकारले लिएको दमनकारी नीतिबारे कुराकानी भएको बताए । उनले भने-‘हामी खुसी छौं । हाम्रो कुरालाई उहाँले गम्भीर रुपमा लिनु भएको छ ।’
नाकाबन्दीबारे केही कुुरा भयो भन्ने प्रश्नमा उनले भने-‘नाकाबन्दी छैन । दसगजामा बस्नु नाकाबन्दी होइन, अबरोध हो ।’
आफूहरुले असहयोग आन्दोलन सुरु गरेको र त्यस अन्तरगत नै सडक र बोर्डरमा धर्ना दिइरहेको उनले बताए । उनले भने-‘नाकाबन्दी हुन्थ्यो भने हामी कसरी यहाँ आउँथ्यौं ?
यादवले नेपालमा तराइवासीमाथि राज्यले रंग, भाषाका आधारमा विभेद गरेको र संविधानले पनि विभेद गरेकाले अधिकार प्राप्तिका लागि आन्दोलन सुरु गरेको बताए ।

आन्तरिक मामिलामा किन भारतलाई गुहारेको ?
यादवले नाकाबन्दी भारतले नगरेको दाबी गरे, जुन भारतले पनि लगातार भन्दै आएका छ तर भारतले सार्वजनिक रुपमा संविधान नेपालको आन्तरिक मामिला भएकाले नेपालका दलहरुले वार्ता र सम्वादबाट समाधान खोजेस् भन्दै आएको छ ।
पत्रकारहरुले यादवलाई प्रश्न गरे, नेपालको अन्तरिक मामिलामा भारतलाई किन गुहारेको ?
सद्भावको अपेक्षासहित भारत पुगेका यादवलाई यो प्रश्नले केही आक्रोसित बनायो । मधेसी मोर्चाका नेता यादवले झोकिँदै भने-‘मैले कहिले भनेको छु कि यो भारतको मामिला हो ? यो आन्तरिक मामिला हो र यो हामी आफैं समाधान गर्छौं ।’
उसो भए किन भारत आएको त भन्ने प्रश्नको जवाफमा यादवले ‘छिमेकमा समस्या छ भने छिमेकलाई पनि प्रभावित हुन्छ । यदि यहाँ नआए तपाईलाई कसरी थाहा हुन्छ’ भन्दै हाँसेर टारे ।
त्यसपछि पत्रकारले मधेसी मोर्चाका अर्का नेता राजेन्द्र महतोलाई सोधे-‘नेपालमा भएको आन्दोलनलाई भारतले मलजल गरिरहेको आरोप लागिरहेको छ । यस्तोमा तपाईंहरु आएर भारतीय नेताहरुलाई भेट्दा यो आरोप पुष्टि हुँदैन ?’
महतोले मधेसमा भारतले आन्दोलन नगरेको बताए । ‘नेपालमा त भारतविरोधी गलत राष्ट्रवाद छ । मधेसीको आन्दोलनमा भारतलाई लगाउनु सस्तो काम हो’ उनले भने-‘हामीले पो अवरोध गरेका हौं त । हाम्रो कारणले पो सारा कुराको अभाव भएको छ नेपालमा । भारतलाई आरोप लगाउनुको तुक छैन ।’
उनले सरकारसँगको वार्ता सकारात्मक नरहेको भन्दै अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताए ।
भिडिओ>>

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply