काठमाडौं, मंसिर १९ । निकासका लागि बहस भन्दै गरिएको सार्वजनिक कार्यक्रममा रक्षामन्त्री भीम रावल र मधेसी मोर्चाका नेता उपेन्द्र यादव विच आरोप प्रत्यारोप मात्र भयो ।
सम्बृद्धि फाउण्डेसनको आयोजनमा त्रिपक्षीय वार्ताअघि एमाले, कांग्रेस, एमाओवादी र मधेसी मोर्चाका नेताहरुको सहभागितामा ‘सर्वपक्षीय राष्ट्रय सम्वाद कार्यक्रम भएको थियो तर, कार्यक्रममा नेताहरुले कुनै निकास दिनु त परै जावस आ-आफ्ना अडान र हठ प्रदर्शन मात्र गरे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेसमा राज्यले नरसंहार गरेको आरोप लगाए साथै जनकपुरमा बच्चालाई समेत गोली हानिएको उनको आरोप लगाए ।
तर, मञ्चमा रहेका उपप्रधान तथा रक्षामन्त्री भीम रावलले त्यसको खुलेरै प्रतिवाद गरे र उनले टीकापुर घटना समेत उठाए । नवलपुरमा मानवअधिकार आयोगको गाडीमा तोडफोड किन गरेको भन्दै उनले अर्को प्रश्न समेत गरे ।
यादव र रावल आरोप प्रत्यारोपमा उत्रिएपछि कार्यक्रम सञ्चालकले दुवै पक्षलाई रोक्नु परेको थियो ।
आन्दोलनको स्वरुप फेरौं, भारतले नाकाबन्दी फिर्ता गरोस्
कार्यक्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जनताले निकै दुःख पाएको भन्दै सीमा नामामा धर्ना लगायतका आन्दोलनको स्वरुप परिर्वतन गर्न मधेसी मोर्चालाई आग्रह गरे ।
उनले नेपालको आन्तरिक मामिलामा हात हालेर भारतले गलत गरेको भन्दै नाकाबन्दी फिर्ता लिनु पर्ने बताए । सीमाकनमा सहमति हुन नसकेको भन्दै उनले देशको आन्तरिक मामिलामा वार्ता र सम्वादबाटै निकास खोज्नु पर्नेमा जोड दिएका छन् ।
मधेसी भारतीय मुलका होइनन्
कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले मधेसीहरु भारतीय मुलको भएको भन्दै भारतीय एक नेताको दाबी खण्डन गरे । नेपालमा बस्ने मधेसीहरु नेपाली मुलको भएको उनले बताए ।
तर, सबैभन्दा बढी उत्पीडनमा दलित, महिला परेको भन्दै उनले हालै कणर्ाली जाँदा त्यहाँ बस्ने खस आर्यहरुको अवस्था देख्दा आफ्नो आँखााबाट आँसु र्झन मात्र नसकेको बताए ।



No comments