Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » महन्थ ठाकुरले भने मधेस अलग राष्ट्र हो, सबै मापदण्ड पुगेको छः
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एउटा देशमा विभिन्न राष्ट्र हुने भन्दै मधेस अलग राष्ट्र भएको दाबी गरेका छन् । नेपाल बहुराष्ट्रिय देश भएको उनले बताए ।
पत्रकार प्रशान्त झाद्वारा लिखित ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ पुस्तकको नेपाली अनुवाद ‘गणतन्त्रको सङ्घर्ष’ सार्वजनिक कार्यक्रममा सहभागी ठाकुरलाई कांग्रेसमा हुँदा मधेस अलग राष्ट्र बनाउनेबारे छलफल गरेको हो भनेर प्रश्न गरिएको थियो ।
उक्त प्रश्नको जवाफमा नेता ठाकुरले मधेस अलग राष्ट्र भएको बताए । ‘मधेसको आफ्नै लामो इतिहास छ, भाषा, संस्कृति, जनसंख्या र आफ्नै भूमि छ । सबै गुण मधेसलाई प्राप्त छ’ उनले भने- त्यसैले हामीले मधेस अलगै राष्ट्र छ ।’
यस्तो भनाइले जनतालाई सशंकित पार्दैन भन्ने प्रश्नमा महन्थले भने-‘एउटा देशमा विभिन्न राष्ट्र हुन सक्छ, हामीले नेपाललाई बहुराष्ट्रिय देश भन्दै आएका छौं ।’
नयाँ संविधानमा बहुजातीय भनिएको भन्दै उनले त्यसलाई सच्याएर बहुराष्ट्रिय देश भन्नुपर्ने बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply