Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » सामसुङको ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सहित ग्यालेक्सी ए ९, बजारमा, के के छन् फिचर्स ?
«
Next
Newer Post
»
Previous
Older Post

स्मार्टफोन निर्माता दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्ना ए सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी ए ९ सार्वजनिक गरेको छ । चीनमा भएको एक कार्यक्रमका बीच सामसुङलेले नयाँ स्मार्टफोन लन्च गरेको हो ।


के के छन् त नयाँ फोनका फिचर्स
सामसुङको ग्यालेक्सी ए ९ मा ६ इन्चको स्क्रिन छ जसमा १०८० पिक्सेल रिजोलुसन भएको एमोलेड प्यानल लगाइएको छ । यो स्मार्टफोनमा ६४ बिट को अक्टाकोर स्नापड्रागन प्रोसेसर रहेको छ ।
यस्तै ३ गिगाबाइटको र्याम अनि ३२ गिगाबाइटको इन्टर्नल मेमोरी रहेको छ जसलाई माइक्रोएसडी कार्डको प्रयोग गरेर बढाउन सकिन्छ ।
यो स्मार्टफोनको मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । ४ हजार मिलिएम्पिएर आवर क्षमताको शक्तिशाली ब्याट्री यसको प्रमुख विशेषता मध्येको एक हो । त्यसैले यो स्मार्टफोनको ब्याट्री बढि टिकाउ हुने र मज्जाले चलाउँदा पनि दिनभरको लागि चार्ज खप्ने विश्वास गरिएको छ । ठूलो ब्याट्रीका बाबजुत पनि ब्याट्रीको मोटाइ कम हुनु अर्को विशेषता हो ।
स्मार्टफोनको होम बटनमा फिंगरप्रिन्ट सेन्सर छ । यो स्मार्टफोन एन्ड्रोइड ५.१.१ ललिपप अपरेटिंग सिस्टममा चल्दछ ।
यो स्मार्टफोनको अर्को आकर्षक फिचर भनेको यसमा लगाइएको ०.३ इन्च मोटो आल्मुनियम फ्रेम हो । यो स्मार्टफोन देख्नमा शानदार त छ, तर यसको साइज अलिक ठूलो भएकाले यसलाई राख्नका लागि गोजी पनि ठूलै चाहिने देखिएको छ ।
यो स्मार्टफोनको मूल्य कति हुने ? र बजारमा कहिले आउने ? भन्ने बारेमा भने जानकारी गराइएको छैन ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply