Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » सहमतिका लागि यसरी झुक्दैछ भारत
«
Next
Newer Post
»
Previous
Older Post

काठमाण्डु–भारतीय गुप्तचर संस्था ‘र’का पूर्वप्रमुख अबधेस बिहारी माथुर नेपाल आएपछि नेपाली राजनीतिमा एक किसिमको हलचल पैदा भएको छ ।
केही दिनअधि नेपाल आएका माथुरले शुक्रबार बिहान एमाले अध्यक्ष केपी ओली र बेलुका एमाओवादी अध्यक्ष प्रचण्डलाई भेटघाट गरेका थिए । ओलीसँग बालुवाटरको एक निजी निवासमा बिहान ९ देखि १० बजेसम्म एक घण्टा उनले छलफल गरेका थिए ।
छलफलको विषय सार्वजनिक नगरे पनि नेपालमा बढ्दै गएको भारत विरोधी गतिविधि र संविधान संशोधका लागि भारतले दिएको सात बुँदे सुझावका बारेमा छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।
पछिल्लो समय भारतको चर्काे आलोचकका रुपमा देखिएका ओलीले भेटपछि भने नेपाल र भारतका बीचमा अन्य कुनै तत्वले खेलेको बताएका थिए । यसअघि भन्दा ओली शुक्रबार तुलनात्मक रुपमा भारतप्रति कम आक्रमक र सन्तलित रुपमा प्रस्तुत भएपछि कुरा सकरात्मक दिशामा अगाडि बढेको एक स्रोतले बतायो ।
ओलीमात्र होइन भारतप्रति अझ आक्रमक देखिएका एमाओवादीका अध्यक्ष प्रचण्ड पनि र का पूर्वप्रमुखसँगको भेटपछि सन्तुलित बनेको स्रोतले बतायो । बाहिर चर्चा नभए पनि माथुरले प्रधानमन्त्री सुशील कोइराला, एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र मधेसवादी नेतालाई भेटघाट गरेको स्रोत बताउँछ ।
भारतीय राजदूत रणजत राय र विदेश सचिव एस जयशंकरले नेपालको समस्या हल गर्न नसकेपछि भारतले माथुरलाई नेपाल पठाएको बुझिएको छ । भारतका गतिविधिका कारण अन्तराष्ट्रिय समूदायमासमेत उसको कडा आलोचना हुन थालेको र युएनको महासभामा भारतले गरेको स्थायी सदस्य प्राप्तिको अनुरोधमा समेत यसका कारण असर पर्ने देखेपछि भारत यसपटक नेपालमा झुकेरै भए पनि सहमति गर्न चाहेको स्रोत बताउँछ ।
माथुरसँगै भारतबाट आएको १०–१५ जनाको विशेष समुह नेपाल र भारतका बीचको उत्पन्न भएको समस्या समाधानका लागि लागि परेको छ । उक्त समूहले पार्टीका विभिन्न तहका नेताहरुलाई भेटधाट गर्ने गर्दै आइरहेको छ ।
आफ्ना केही मुद्दामात्रै समर्थन भए उसले नेपालको संविधानलाई स्वागत गर्ने र त्यसका लागि वातावरण बनाउन उसले प्रमुख दलका शीर्ष नेताहरुलाई अनुरोध समेत गरेको बुझिएको छ । चर्काे दबाब र नाङ्गो हस्तक्षेपमा उत्रिएका कारण यसअघि सरकारका लागि आफै भारत गुहार्न जाने नेताहरु पनि भारतविरोधी बनेर देखिएपछि भारत पछि हट्न बाध्य बनेको हो । स्रोतका अनुसार मधेका केही मुद्दालाई सम्बोधन गर्नेगरी मधेसवादी दल र प्रमुख दलका बीचमा सहमति गराउने र नेपालमा फैलिँदै गएको भारतविरोधी चेतनालाई मथ्थर पार्न माथुरा नेपाल आएका थिए ।
नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि उनले भारतलाई दक्षिण एसियाको प्रमुख राष्ट्रका रुपमा अगाडि बढाउने योजना बनाएका थिए मोदीको त्यो योजनामा नेपालमा भारतको चर्काे विरोध हुँदा असर पर्ने देखिन्छ । त्यस्तै भारको विरुद्धमा रहेका पाकिस्तानी बंगलादेश हुँदै नेपाल भित्रने र त्यसले आफूलाई खतरा उत्पन्न हुने आशंका भारतको रहेको छ । यही कारण ऊ नेपालमा आफ्नो भूमिकाको सुरक्षित अवतरण खोजेको देखिन्छ ।
मधेसवादी दलको पक्षमा बोलेको भारतले यसपाली मधेसवादी दललाई पनि केही झुकेर सहमति गर्न सल्लाह दिएको स्रोत बताउँछ । र का प्रमुख माथुरा नेपाल आएपछि शीर्ष तहमा देखिएको भारतविरोधी माहोल केही कम भएको देखिन्छ । त्यस्तै आन्दोलनरत दलमा पनि फुटाउन पनि भारत तयार भएको छ ।
उपेन्द्र यादवलाई मधेसी मोर्चाबाट फुटाएर भए पनि अन्य दललाई सहमतिमा ल्याउनुपर्ने उनको जोड छ । त्यस्तै ‘र’ का प्रमुखले भेटेलगत्तै एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीबाट राजीनामा दिएको र सांसद पनि नरहने बताएका छन् । उनको यो क्रियाकलापलाई पनि राजनीतिक वृत्तमा नयाँ तरंगका रुपमा लिइएको छ ।
माथुरको आगमनसँगै शीर्ष नेताहरुको भारतप्रतिको धारणामा परिवर्तन आउनु र मधेसी नेताहरु तराई–मधेसमा जारी आन्दोलल छोडेर काठमाण्डुमा आउनुले भारतले सहमतिका लागि नयाँ प्रस्ताव ल्याएको सहजै अनुमान लगाउन सकिन्छ ।
तर संविधान जारी गर्ने वातावरण नै बिथोल्न लागिपरेको भारतले जारी राजनीतिक अन्योलता चिर्नका लागि जस्तोसुकै प्रस्ताव ल्याएपनि उ ‘तलै’ पर्नेमा भने दुई मत छैन ।
नयाँ प्रस्ताव लिएर भारतीय दुतहरु नेपाल आएपनि उसले अघोसित रुपमा गरेको नाकाबन्दी जारी राखेकाले दलहरुसँगको सम्बन्ध भने सुमधुर भइसकेको छैन ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply