Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » नवलपरासीका स्थानीयवासीले धर्नामा बसेका मधेसी मोर्चाका नेतालाई कुटेर लखेटे
«
Next
Newer Post
»
Previous
Older Post

असोज १७  । नवलपरासीका स्थानीयवासीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्तालाई कुटपिट गरेर लखेटेका छन् ।
नवलपरासीको पक्लिहवास्थित सीमावर्ती भारतीय बजारबाट दैनिक उपभोग्य सामग्री ल्याउन अवरोध गरेपछि र ल्याएका सामग्री फ्याकेपछि स्थानीयवासी मोर्चाविरुद्ध उत्रिएका हुन् ।

आइतबार पक्लिहवाको सीमावर्ती क्षेत्र नठही नगरमा बसेर शनिबार गाउँलेले ल्याएका दैनिक उपभोग्य सामग्री मोर्चाका कार्यकर्ताहरुले फ्याकेपछि दुबैपक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

सीमावर्ती भारतीय बजार बलिनगरबाट पक्लिहवा र नर्सहीका स्थानीयवासीहरुले ल्याउँदै गरेको दैनिक उपभोग्य सामग्रीलाई मोर्चाका कार्यकर्ताहरुले फ्याकिदिएपछि झडप भएको इलाका प्रहरी कार्यालय बेलाटारीका निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिनुभयो ।

झडपमा सयौंको संख्यामा रहेका स्थानीयवासीले मोर्चाका नेता कार्यकर्तालाई कुटपिट गरी लखेटेका थिए । स्थानीयवासी कुटाइबाट तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीका स्वकीय सचिव करम हुसेनसहित पाँचजना सामान्य घाइते भएको नवलपरासी प्रहरीले जनाएको छ ।

झडपपछि स्थानीयवासीले उक्त नाकाबाट सामान ओसारपसारमा अवरोध नगर्न चेतावनी समेत दिएका छन् । नाकामा भारतीय सुरक्षाकर्मीले समेत कडाई गरेको छैन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply