यतिबेला उत्ताउलो हर्कत र छोटा कपडाका कारण चर्चाको शिखरमा पुगेकि गायिका ज्योति मगरको समर्थन र विरोधमा विश्वभरबाट सामाजिक सञ्जालहरू भरिन थालेका छन् । सामाजिक सञ्जालमा उनका बारेमा रामप्रसाद खनालले भनेका विषयलाइ लिएर झन चर्को विवाद लिन थालेको छ ।
यता ज्योतिले भने समाचारहरूको कुनै जानकारी नपाएको वा अनभिज्ञ रहेको जनाउँदै अन्धकारमा ढुङ्गा हान्नेहरूको जमातमा केहि नबोल्ने भन्दैछिन । यसरी ज्योति मगरलाइ चर्चामा ल्याउन उनको गीत वा हाउभाउ नभएर गीतकार रेस्पोन्सिबल भएको समेत सामाजिक सञ्जालमा लेखिएका छन् । गीतकारले अपशब्द राखेर गीत लेख्छ अनि त गायकले गाउनै पर्यो त, गायक को के दोष? गीतको शब्द अनुसार छायाँङ्कन गरिन्छ, त्यहि अस्लिल शब्दलाइ देखाउन अश्लिल हर्कत नगरे के गर्ने? गीतले अङ्ग देखाउ भन्छ त साडी लगाएर अभिनय गर्दा हुन्छ?
यति त यति कसै कसैले त दर्शकहरूलाइ नै दोषी मानेर यस्तो लेख्छनः
अहिलेको दर्शक पिढीहरू उहि ज्योतिको रातो कट्टु हेर्न नपाए नीद लाग्दैन, यता सामाजिक सञ्जालमा चैँ उनैको अभिनयलाइ विरोध गर्छन् यहि हो नेपालीहरूको असली रूप, जे देखाउन छ देखाउ, त्यो तिमीले चाहेर होइन गीतले मागेको र निर्देशकले देखाउन चाहेकाले भएको हो, यसमा तिम्रो के दोष?
यस्तैमा प्रविन राइ यसरी लेख्नुहुन्छः
किन ज्योती मगर लाई मात्र दोस दिने!लोक गीत भनेर गीतकारले जे सुकै अप्सब्द हालेर गीत लेखन पाउछ?पैला बिरोध तेस को गर्नु होस जस्ले लोक गीत भनेर अस्लिल शब्द प्रयोग गरेर गीत लेखेका छन।कथा ले मागे पछी के गर्ने???नेपाली फिल्म म कति छ्न कति ज्योती जस्ता तर तिनी हरु को त कुरै हुन्न त।आखिर किन???



No comments