भारतविरोधी भावना शिखरमा रहेको र भारतले नाकाबन्दी खुकुलो पार्न आनाकानी गरेर सरकारलाई शुरुमै धक्का दिने संकेत गरेको समयमा सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा दिल्ली पुगेका छन् ।
नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)
कमल थापाले भारतसँग वार्ता गर्नका लागि सरकारको उच्चस्तरीय समितिको समेत नेतृत्व गरिरहेका छन् । नेपाल भारत सिमा नाकामा देखिएको पारवहन सेवामा अवरोधको विषयमा औपचारिक कुराकानी गर्न मन्त्री थापा सहितको टोली शनिवार साँझ दिल्ली प्रस्थान गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
भारत प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले पच्छिलो समय नेपाल भारत सिमा नाका देखिएको पारवहन कठिनाईको बारेमा भारत सरकार सँग गम्भीरता पूर्वक छलफल गर्न आफु दिल्ली जान लागेको बताए । आफनो भ्रमणको क्रममा भारतका भारतीय परारष्ट्र मन्त्री सुष्पमा स्वराज सहित उच्च स्तरका राजनितिक भेटघाट हुने समेत उनले बताए ।
भातरीय रबैया कडा
नाकाबन्दी गरेर नेपालमा इन्धनको हाहाकार बनाउन सफल भएको भारतले अझै पनि इन्धन आपुर्ति र नाकाबन्दीलाई मुख्य मुद्धाकोरुपमा छलफल गर्न तयार नरहेको संकेत कमल थापाको भ्रमणको पूर्वसन्ध्यामा दिइसकेको छ ।
कमल थापाको दिल्ली प्रस्थान अघि भारतले गत वर्ष साउनमा दुई मुलुकका परराष्ट्रमन्त्रीबीच भएका सहमतिको काय विवरण र कार्यसमीक्षा बोकेर आउन आग्रह गर्नुले भारतले सजिलै नाकाबन्दी खोल्दैन भन्ने संकेत देखिन्छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार भारत तत्कालिक समस्या भन्दा पनि विगतका सम्झौता र योजनाका कार्यावन्यनको स्थितिबारे छलफल गर्ने पक्षमा छ । – See more at: नेपालले भने पारवहन अवरोधको वर्तमान समस्यामा मात्र केन्द्रित हुन चाहेको छ । नयाँ सरकारका परराष्ट्रमन्त्रीको भ्रमणको दुई दिनअघि भारतले कूटनीतिक माध्यमबाट त्यस्तो खबर पठाएको हो ।
भारतीय मिडिया भन्छ- नेपाल झुक्यो
कमल थापाको भारत भ्रमणलाई भारतीय मिडियाले आफ्नै ढंगले प्रस्तुत गरेका छन् । कतिपयले सामान्यरुपमा दुई पक्षीय र सीमामा देखिएको समस्याबारे कुरा हुने भन्दै हेडलाइन समाचार बनाएपनि कतिपय मिडियाले भने नेपालले चीनबाट इन्धन ल्याउने देखि राष्ट्रसंघमा उजुरी गर्ने सम्मका कदम असफल भएपछि भारतसँग झुकेको भनेका छन् । नेपालले जोरी खोज्न नसकेपछि विदेशमन्त्रीलाई दिल्ली पठाएको समेत कतिपय मिडियाको विश्लेषण छ ।
दिल्ली पुग्दा कमल थापाले के भने
दिल्ली पुग्नासाथ कमल थापाले भने विभिन्न विषय रहेपनि एउटा विषय तत्कालिक आपुर्तिमा देखिएको समस्या एजेण्डामा रहेको बताए । नेपाल र भारतको सीमामा देखिएका समस्याबारे आफूले उच्च अधिकारीसँग कुरा गर्ने उनको भनाइ छ ।



No comments