Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » चीनले नेपाललाई इन्धन दिने भएपछि भारतका मिडिया मच्चाए हल्लीखल्ली !
«
Next
Newer Post
»
Previous
Older Post

१ महिनादेखि भारतको अघोसित नाकाबन्दी झेलिरहेको नेपाललार्इ चीनले इन्धन दिने घोषणा गरेपछि भारतीय सञ्चारमाध्यमले रास्ट्र नै हल्लिने गरि हल्लीखल्ली मच्चाएका छन् । 
 नेपालले पटक पटक पहल गर्दा पनि भारतले आफ्नो अडान नछोडी नाकाबन्दी नखोल्ने जनाएपछि चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढेसँगै भारतीय सम्पूर्ण सञ्चारमाध्यमले त्यसलार्इ प्रमुख समाचार बनाएर त्यसलाई अईले रास्ट्रिय मुद्धा बनाएका छन् । 

चीनले नेपाललार्इ १० लाख लिटर पेट्रोल दिने समाचार शनिबार सार्वजनिक भएपछि भारतीय मूलधारका सञ्चारमाध्यममा त्यो समाचारले प्रमुख ठाउँ पाएको हो । 

नेपालले चीनबाट इन्धन ल्याउनका लागि प्रक्रिया अघि बढाएको अवस्थामा भारतीय सञ्चार माध्यममा चर्चा शुरू भएको हो । भारतीय सञ्चारमाध्यमले विशेषगरी चीनले नेपाललार्इ १० लाख लिटर इन्धन दिन लागेको समाचारलार्इ प्रमुखताका साथ छापेका हुन् । 

सरकारी टोली चीनबाट इन्धन ल्याउनका लागि आइतबार चीनको बेइजिङ जाँदैछ । वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्रको टोली चीन जान लागेको हो । 

तेल ल्याउनका लागि परराष्ट्रले शनिबारै चीनलाई औपचारिक पत्र पठाइसकेको छ । 

भारतले नाकाबन्दी गरेपछि चीन र नेपालको संयुक्त प्रयासमा वैशाखको भूकम्पपछि झरेको पहिरोले अवरूद्ध रसुवाढी-केरुङ नाका असोज २८ मा खोलिएको थियो । 

तर फेरि पहिरो झरेर अवरूद्ध सो नाका खुलाउने प्रयासमा दुबै देशका अधिकारीहरू सक्रिय भएका छन् । चीनले दिने भनिएको इन्धन सोही नाकाबाट नेपाल भित्रनेछ । 

भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा चीनले नेपालमा एक हजार मेट्रिक टन इन्धन दिन लागेको समाचार छापेको छ । 

टाइम्स अफ इन्डियाले चाडबाडको समयमा चीनले नेपाललार्इ सो परिमाणको इन्धन अनुदानस्वरूप दिन लागेको उल्लेख गरेको छ । 

'चीनबाट इन्धन ल्याएसँगै नेपालमा इन्धन निर्यातको भारतीय एकाधिकार अन्त्य हुनेछ', टाइम्स अफ इन्डियाले लेखेको छ, 'मधेस आन्दोलनका कारण भारतले इन्धन पठाउन नसकेको हो । चीनबाट इन्धन ल्याउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले पहल गरिरहेका छन् ।'

गल्फ टाइम्समा समेत चीनबाट नेपालमा इन्धन भित्र लागेको समाचारले प्राथमिकता पाएको छ । 

नेपालले चाहेजति सहयोग गर्ने प्रतिबद्धता चीनले जनाएको समाचारसहित गल्फ न्यूजले भारतसँगमात्रै निर्भर पर्दा नेपाल चरम संकटमा परेको दाबी गरेको छ । 

गल्फ टाइम्सले भारतको सहयोगमा मधेसमा आन्दोलन गरिरहेका मधेसी मोर्चाका कार्यकर्ताहरूले भारतबाट भित्रेका गाडी जलाएको समाचार पनि छापेको छ । 

भारतको अर्को चर्चित पत्रिका इण्डियन एक्सप्रेसले केपी ओली नेतृत्वको सरकारले चीनसँगको सीमाक्षेत्रको अवरोध खेल्नुका साथै भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघमा नेपालले हालेको समाचारलार्इ प्राथमिकताका साथ छापेको छ । 

भारतको चर्चित एनडीटिभीको अनलाइन संस्करणमा मधेस आन्दोलन रहिरहेको जनाउँदै भारतको नाकाबन्दी जारी रहेका बेला चीनले नेपाललाई इन्धन दिन लागेको समाचार छापेको छ । 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply