काठमाडौं, भदौ-२७ । संविधानसभामा संविधानको विधेयक र त्यसमा परेको संशोधन मागि मतदानको प्रक्रिया सुरु भएको छ ।
आज आइतबार बसेको दोस्रो बैठकमा मतदान सुरु भएको छ । बैठकले संविधानको तीनवटा धारालाई नेपालको संविधानको विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
संविधानको धारा १ र २ मा कुनै संशोधन नै परेको थिएन । धारा ३ मा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले पारित गरेको छ । सभासद विश्वेन्द्र पासवान, रामकुमार राई र अनुराधा कोइरालाले राखेको संशोधन प्रस्तावमाथि बहुमतले अस्वीकृत गरेको छ ।



No comments