Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » तराई आन्दोलनका लागि एउटै बैंकबाट मात्र तीन अर्ब आएको देखियो: लालबाबु पण्डित
«
Next
Newer Post
»
Previous
Older Post

सामान्य प्रशासन मन्त्री  तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले हाल मधेसमा भइरहेको आन्दोलनलाई बिखण्डनकारी भएको आरोप लगाएका छन । बिदेशीको बुइ चढेर गरियको आन्दोलन रास्ट्रबादी आन्दोलन हुन नसक्ने बताउदै मन्त्री पण्डितले आन्दोलनका गतिविधिले त्यसकाे पुष्टि गरेको दाबी गरेका छन ।  
मन्त्री पण्डितले केही मधेसी नेताहरु तराईको जनतालार्इ भड्काएर आफ्नो अभिष्ट पूरा गर्न हात धोएर लागिपरेकाले जनताहरु सचेत बन्नुपर्ने बताएका छन् । तराईमा हाल देखिएको आन्दोलन राजनीतिक नभएको र यो पैसाको बलमा मन्चन भएको भीडमात्र भएको उनको तर्क थियो । उनले मधेशी नेताहरुले अान्दाेलन अघि जनतालार्इ एकातिर ५० लाखको लोभ देखाएकाे र अर्कोतिर जबर्जस्ती सहभागी गराउने काम भएको बताए ।   जनता जागेपछि बिखण्डनकारीहरु आफै लखेटिने उनले  जिकिर गरेका छन । एउटै बैंकबाट मात्र तीन अर्ब आन्दोलनका लागि भित्र्याइएको प्रमाण रहेको बताउँदै मन्त्री पण्डितले आन्दोलनका लागि बिदेशबाट पचासौ अर्ब आएको दाबी गरे । पैसा सकिएपछि आन्दोलन आफै सकिने उनको भनाइ रहेको छ ।  मन्त्री पण्डितले मानव अधिकारबादीहरुमाथि पनि असन्तुष्टि प्रकट गरेका छन् । आन्दोलनमा प्रहरीले ज्यादती नगरेको जिकिर गर्दै उनले भने "ब्यक्तिगत स्वतन्त्रता राष्ट्रिय स्वतन्त्रता मातहत हुन्छ । राष्ट्रभन्दा माथि ब्यक्ति नभएकोले तराइमा मानव अधिकारका कुरा बेतुकका कुरा हुन ।" बार्ताबाट भाग्ने अनि बिदेशी मार्फत माग राख्ने मधेसबादी दलका हर्कतले राष्ट्रिय स्वाधीनताको धज्जी उडाएको मन्त्री पण्डितले आरोप लगाए ।  एक अर्को प्रसङ्गमा उनले भने "आज संविधान बन्छ । सन्तुष्ट नहुनेले संविधान जलाउन सक्छन तर देश जलाउने छुट कसैलाई हुनेछैन । राज्य मुकदर्शक भएर बस्दैन ।" 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply