Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » जीवनमा सफल बनाउने चाणक्यको यी १० नीति
«
Next
Newer Post
»
Previous
Older Post

चाणक्स नीति १: शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।
चाणक्स नीति २: मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।
चाणक्य नीति ३: आफूले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन ।आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।
चाणक्य नीति ४ः यदि सर्प विषालु छैन भने पनि उसले आफूलाई विषालु देखाउन आवश्यक छ ।
चाणक्य नीति ५ः ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ ।
चाणक्य नीति ६: जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ ।
चाणक्य नीति ७: जुन प्रकारले पत्नी वियोगको दुख, आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुख असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुखी नै रहन्छ ।
चाणक्य नीति ८: चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् । यसमा कुनै शंका छैन ।
चाणक्य नीति ९ः जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।
चाणक्य नीति १०ः खानाको लागि मिठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रुपमा प्राप्त हुन्छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply