Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » » टीकापुर झडपमा एसएसपी सहित चार सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते -
«
Next
Newer Post
»
Previous
Older Post

७ भदौ, धनगढी । कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित चार प्रहरीको मृत्यु भएको छ ।
५० भन्दा बढी प्रहरी घाइते भएका छन् । छुरा, भाला, बन्चरोसहितका हतियार बोकेर आएका ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा हिंसात्मक झडप भएको थियो ।
आन्दोलनकारीले टीकापुर ६ संकरपुरस्थित पशुहाट नजिकै एसएसपी लक्ष्मण न्यौपानेलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । घटनामा उनको मृत्यु भएको र उनको शव टीकापुर अस्पतालमा ल्याएको पत्रकार कर्ण कुँवरले जानकारी दिए ।
घटनामा एसएसपी न्यौपानेका अंकरक्षकको मृत्यु भएको छ । उनको नाम खुलेको छैन । यस्तै आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोराको मृत्यु भएको छ । 
पत्रकार कुँवरका अनुसार आन्दोलनकारीतर्फ ३ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या सकिन हुन बाँकी छ । अहिले पनि टीकापुर बजारमा दोहोरो झडप भइरहेको छ । त्यहाँ दिउँसो २ बजेदेखि कर्फ्यू लगाइएको छ ।
- onlinekhabar.com/ बाट साभार 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply