Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » कतार बाट ८ वर्षपछि आउँदा श्रीमती र छोरा बेपत्ता
«
Next
Newer Post
»
Previous
Older Post

ताप्लेजुङ, असार ८ - वैदेशिक रोजगारबाट आठ वर्षपछि फर्किएका एक युवक आफ्नी श्रीमती र छोरो खोजिदिन हुलियासहितको निवेदन लिएर प्रहरी कार्यालय आइपुगेका छन् । आफूले कतारबाट पठाएको करिब १६ लाख रुपैयाँको भौचरसहित पुगेका उनले आफन्त, नातागोतामा खोज्दा नभेटाएपछि प्रहरीको शरणमा आएको बताए ।

२०६४ सालमा एक छोरासहित श्रीमतीलाई छाडेर कतार गएका तिरिङ्गे गाविस ४ का बुद्धराज लिम्बू अघिल्लो साता आएका हुन् । काठमाडौंबाट सरासर सदरमुकाम फुङलिङ आएका उनी आफूले विदेश जाँदा डेरा राखेको सदरमुकामको घरमा परिवार खोज्न पुगेका थिए ।

‘घरधनी अमर फुरुम्बुले दुई वर्षअघि नै कोठा छाडेको बताएपछि ससुराली गएँ, सासूले दुई वर्षदेखि नआएको बताउनुभयो’ उनले भने, ‘त्यसपछि नातागोता सबैतिर सोधखोज गर्दा कतै पत्तो लागेन ।’

खोजीदिन आग्रह गर्दै उनले प्रहरीमा निवेदन दिए । २०६२ सालमा फुरुम्बु गाविस ६ की रत्नकुमारी लिम्बूसँग विवाह गरेका उनी पुत्रलाभपछि विदेशिएका थिए । कतारको दोहास्थित अल्बे कम्पनीमा काम गरेका उनले २०७० सालसम्म १७ लाख रुपैयाँ र तीन तोला सुन पठाएको दाबी गरे ।


उनले पैसा बैंकमा राख्न, कसैलाई नदिन र छोरालाई राम्रो पढाउन भनेका थिए । तर रत्नकुमारीले पैसा ब्याजमा लगाउने गरेको पत्तो पाएपछि फोनमा उनको झगडा भयो ।

‘छोरीलाई सम्झाइदिन र पैसा जथाभावी खर्च नगर्न सल्लाह दिन सासूलाई फोन गरेर अनुरोध गरें,’ उनले भने, ‘सासूले सम्झाउन खोज्दा झगडा भएछ ।’

प्रहरी प्रमुख शान्तिराज कोइरालाले बेपत्ताको खोजी गर्ने आश्वासन दिएका छन् । ‘उनी अन्यायमा परेका हुन् या के हो, महिला फेला परेपछि पत्तो हुन्छ, अहिले खोजी सुरु गरेका छौं,’ आइतबार निवेदन बुझेपछि कोइरालाले भने ।

भिसाको म्याद थप नहुँदा अवैध रूपमा बसेकाले धेरै पैसा पठाएर र श्रीमतीसँग विवाद भए पनि बेलैमा फर्कन नसकेको लिम्बूले बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply