११ जेठ, काठमाडौं । एमाले सभासद कृपासुर शेर्पा यतिबेला नयाँ मन्त्रालय सम्हालेको खुशियालीमा छन् । उनलाई धेरैले बधाइ पनि दिइरहेका छन् । तर, मन्त्री शेर्पा टेलिभिजनको पर्दामा छाइरहँदा उनीबाट यौन शोषणमा परेको दाबी गर्ने एक दलित महिला भने कृपासुरले छोराको नागरिकता नबनाइदिएको भन्दै चिन्तामा डुबेकी छिन् ।
आफ्ना पिता मन्त्री बनेको भन्दै गणेशले अब आफूलाई छोराका रुपमा स्वीकार गरेर नागरिकता बनाइदिन र आमामाथि न्याय गर्न आग्रह गरे ।
‘गणेशले भने – हेर्दै थाहा हुन्छ, कृपासुर र मेरो अनुहार पनि ठ्याक्कै मिल्छ । तर, बुबाले आमा र ममाथि गरेको अन्याय सम्झेर रुन मन लाग्छ ।’
आफूहरुलाई आफन्तले पनि नहेरेको र बाबुले पनि वास्ता नगरेको उनले दुखेसो गरे । आमाले जीवनभरि अरु कसैसँग विवाह नगरी छोरो हुर्काएर एक्लै बसिरहेको गणेशले बताए ।
‘म ठूलो भएपछि आमालाई काठमाडौं लिएर आएँ,’ गणेश भन्छन्- अहिले आमा काठमाडौंमै हुनुहुन्छ, मचाँहि नुवाकोटमा भूकम्प पीडितहरुको टहरा बनाउन आएको छु ।’
धनमाया यतिबेला निकै वृद्ध र कमजोर देखिन्छिन् । त्यसो त कृपासुरलाई पनि बुढ्यौलीले छोइसकेको छ । उनी ६४ वर्ष पुगेका छन् । तर, धनमायाभन्दा उनी निकै तन्दुरुस्त देखिन्छन् ।
खरदार हुँदा धनमायासँग सम्बन्ध
गणेशको दाबीअनुसार कृपासुर ताप्लेजुङमा खरदार पदमा हुँदा धनमायासँग उनको सम्बन्ध बढेको हो । त्यही क्रममा धनमाया ०३६ सालमा गर्भवती भइन्, जसबाट गणेश जन्मिए ।
तर, कृपासुरले दलित समुदायकी धनमायालाई श्रीमतीका रुपमा स्वीकार गर्नुको साटो जिल्ला नै छाडेर हिँडेको गणेशको दाबी छ । सरकारी जागिर छाडेपछि कृपासुर ठूलो नेता बने । सभासद बने । र, अहिले मन्त्रीसमेत बने ।
तर, उनी ठूलो मान्छे बनिसक्दा पनि एक दलित महिलाले भने न्याय पाउनु त परैजाओस्, छोराको नागरिकतासमेत बनाउन नसकेको गणेशले बताए । उनले भने – यो कुरा सम्झँदा मलाई रुन मन लाग्छ ।’
मन्त्रीको नो रेस्पोन्स
उनीमाथि लागेको आरोपबारे बुझ्न पटक पटक फोन गर्दा पनि मन्त्री शेर्पाले फोन उठाएनन् । एसएमएस पठाउँदा पनि उनले कुनै रेस्पोन्स गरेनन् ।
http://setoparewa.com/ बाट



No comments