Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » भारत र चीनबीच युद्ध हुने चेतावनी, के भारतले चीनको सामना गर्न सक्ला ?
«
Next
वैज्ञानिक भन्छन्- आज भूकम्प आउने निश्चित थियो : यस्तो थियो अमेरिकी भूगर्भशास्त्री पूर्वानुमान
»
Previous
गर्ल फ्रेन्ड नहुने हरुका लागि उपयोगी टिप्स

काठमाडौं, २७ वैशाख । भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले नेपालका दुर्इ ठूला छिमेकी चीन र भारतबीच जुनसुकै बेला युद्ध हुनसक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा निस्कने तयारीमा जुटिरहेका बेला उपप्रमुख क्याम्पोसको यो अभिव्यक्तिले भारतमा सनसनी मच्चाएको छ ।
आउँदो साता मोदी चीन जानुअघि आएको उनको यो सनसनीपूर्ण अभिव्यक्तिलार्इ भारतमा अहम र अर्थपूर्णरुपमा लिइएको छ । ‘२१ औं शताब्दीको जुनसुकै समयमा चीन र भारतको सामना युद्धको मैदानमा हुने खतरा बढेको छ’, उपप्रमुख क्याम्पोसाले भनेका छन् ।
भारतीय सेनाका उपप्रमुख क्याम्पोसका अनुसार दुबै देशको तीब्र गतिमा बढिरहेको शक्तिले युद्धको संकेत गरिरहेको छ । बढ्दो शक्तिको असर दुबै देशको सिमाक्षेत्रमा देखिन थालेको जनाउँदै सिमाक्षेत्रकै विवादले युद्ध निम्त्याउने उनको भनाइ छ ।
दुबै देशबीच लामो समयदेखि सिमानालार्इ लिएर विवाद चलिरहेको छ । यही कारण नै भारतका लागि चीन ठूलो खतरा भएको दाबी उपप्रमुख क्याम्पोसाले गरेका हुन् ।
लेफ्टिनेन्ट जनरल फिलिप क्याम्पोसले दिल्ली नजिकैको ग्रेटर नोएडामा आर्मी इन्स्टिच्युटको ‘मेक इन इन्डिया’ सेमिनार बोल्ने क्रममा शनिबार यो कुरा बताएपछि दुर्इ देशबीचको चिसो सम्बन्ध सतहमा आएको हो ।
दुर्इ देशबीचको युद्धको चेतावनी दिने क्रममा उनले भारतलार्इ सैन्य शक्तिले बलियो बनाउन देशभित्रै हतियार उत्पादन गर्नुपर्नेमा पनि जोड दिए ।
उनले सो क्रममा पाकिस्तानको तर्फबाट मिलिरहेको सुरक्षा चुनौतीबारे पनि आफ्नो धारणा राखेका थिए । उनले छिमेकी देशमा सक्रिय तालिबान, आईएस र अलकायदा जस्ता आतंकवादी संगठन फैलिरहेको जनाउँदै तिनले कुनै पनि बेला भारतीय भूमिमा धावा बोल्न सक्ने पनि चेतावनी दिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
वैज्ञानिक भन्छन्- आज भूकम्प आउने निश्चित थियो : यस्तो थियो अमेरिकी भूगर्भशास्त्री पूर्वानुमान
»
Previous
गर्ल फ्रेन्ड नहुने हरुका लागि उपयोगी टिप्स

No comments

Leave a Reply