Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बिहे अघि सहवास गरेको भन्दै बिच सडकमा यसरी मारियो युवा युवतीलाई
«
Next
Newer Post
»
Previous
Older Post

बिहे हुनुभन्दा अघि यौन सम्बन्ध राखेको आरोपमा एक जोडी युवा युवतीलाई बीच सडकमा ढुंगाले हिर्काएर हत्या गरिएको छ । इराकको निन्वेह प्रान्तस्थित मोसुलमा आइएस आतंकवादी संगठनले एक युवक र उनकी प्रेमिकाको ढुंगा प्रहार गरी हत्या गरेको हो ।
आइएसले यो क्रुर हत्याको तस्वीर समेत सार्वजनिक गरेको छ, जुन निकै झस्काउने खालको छ ।

निकै हृदयविदारक लाग्ने उक्त तस्वीरमा पीडित युवा युवतीको चारैतर्फ ठूलो संख्यामा मानिसहरु जम्मा भएको देखिन्छ । रमितेहरुले आफ्ना बच्चाहरुलाई काँधमा चढाएका छन्, ता की ढुंगाले हानेको दृश्य बच्चाले पनि देख्न सकून् ।

मोसुलस्थित आइएसका प्रमुख अबु अन्सार अल अन्सारीले ती युवायुवतीलाई मार्नुअघि उनीहरुको विरुद्धको आरोपपत्र पढेर सुनाए र उनीहरुलाई ढुंगाले हानेर मार्ने आदेश दिए ।


त्यसपछि उपस्थित आइएस लडाकुहरुले मध्य सडकमा हात पछाडि बाँधेर राखिएका जोडीलाई ढुंगाले हानेर हत्या गरे । सजाय दिनुअघि आरोपीलाई हिर्काउनका लागि एक थुप्रो ढुंगा थुपारिएको थियो । त्यसक्रममा युवायुवतीको सरीरबाट सडकमा रगत बगेको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply