काठमान्डौ । एक महिनाअघि मात्रै ८८ औँ जन्मदिन मनाएर उपचारका लागि भारत गएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन बुधबार राति उपचारकै क्रममा त्यहीँको अस्पतालमा भयो। नयाँ पुस्तालाई उनको बारेमा त्यति थाहा नहुन सक्छ। हरेक व्यवस्थामा फिट हुने नेता थिए उनी त्यसैले त राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको पालामा समेत उनी प्रधानमन्त्री भए पाँच पाँच पटक। पञ्चायतकालमा, पञ्चायत र बहुदलको संक्रमण कालमा, २०४६ सालमा बहुदल आइसकेपछि र ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि। गणतन्त्रमा मात्रै उनी प्रधानमन्त्री हुन बाँकी थियो।
राजा महेन्द्रको शासनकालमा पञ्चायत व्यवस्थामा सुधारको माग गर्दै जेल जाने र अनशनसमेत बस्ने काम गरेका उनले राजदरबार र सिंहदरबारबाट चल्दै आएको दोहोरो शासनको समाप्ति हुनुपर्ने माग गरेका थिए। पत्रकार किशोर नेपालको भाषामा उनी निर्दलीय पञ्चायत व्यवस्थाका उदारवादी र दबङ्ग नेताका रुपमा परिचित थिए। नेपालको पुस्तक “मेरो समय” मा थापाबारे उल्लिखित सात प्रसङ्ग प्रस्तुत छ।



No comments