सल्यान – सल्यानमा एक ९ वर्षिया वालिकाको वलात्कारपछि हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले जनाए अनुसर कालागाउँ गा वि स ८ झारकाँडाकी एक ९ वर्षिया किशोरीको वलात्कार पछि हत्या भएको हो ।
वालिकाको योनी र मुखबाट रगत बगेको र घाँटीमा निलडाम देखिएकोले बलात्कारपछि हत्या भएको हुन सक्ने सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोद खड्काले बताए ।
![]() |
| Child Rap |
बालिकाको वलात्कार पछि हत्या गरेको आरोपमा जिमाली गाविस वडा नं. ३ तुरतुरेका भिनाजु नाता पर्ने २२ वर्षिय गोपाल नामका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
कालागाउँमा ससुराली गएका gopaalले घरमा कोहि नभएको मौकामा घर नजिकै लगेर बलात्कारपछि हत्या गरेकोे प्रहरीले जनाएको छ । घरदेखि झन्डै २ सय मिटर टाढा बालिकाको शव स्थानीयले फेला पारेका थिए ।
स्थानीय सरस्वती प्राविमा कक्षा ३ मा अध्ययनरत वालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
बलात्कारका आरोपितलाई भने जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताए । आरोपि घरमा आमा र बहिनीसँग झगडा गरी ससुराली गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई रहेको छ ।



No comments