Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » एक सय खर्च गरे आफ्नो मिर्गौला एक बर्षको लागि स्वास्थ्य
«
Next
Newer Post
»
Previous
Older Post

धेरैजसोलाई थाहा नै छैन सरकारले मिर्गौलाको डायलासिस दुई वर्षसम्म निःशुल्क गरेको छ भन्ने । राजधानीबासीलाई नै उपचारमा पाउने सेवा सुविधाका बारेमा जानकारी छैन भने ग्रामिण र दुर्गम क्षेत्रका नागरिकको त झन् कुरै नगरौँ ।

‘मिर्गौलाको निःशुल्क डायलासिस हुने थाहा नपाउँदा धेरै बिरामी महंगो रोग लाग्यो भन्दै धेरैजसो बिरामीले उपचार नै गराउँदैनन’ राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ ‘डायलासिस गराउन आएकामध्ये पनि एक तिहाई बिरामीले त उपचारलाई निरन्तरता नै दिँदैनन् ।’ उहाँका अनुसार गाउँदेखि उपचारका लागि शहरसम्म धाउनु पर्ने र त्यो पनि निश्चित ठाउँमा मात्रै डायलासिस हुने भएकाले उपचार प्रभावित भइरहेको छ ।
खान, बस्न र गाडी भाडा लगायतको झन्झटले गर्दा धेरै विपन्न परिवारका बिरामी उपचारमा नै आउँदैनन । एक पटक डायलासिस गर्दा २५ सय देखि ३ हजार रुपैयाँसम्म खर्च हुन्छ । सरकारले दुई वर्षको डायलासिस निःशुल्क गरेको छ ।

कसरी बच्ने ?
सामान्य कुरामा ख्याल गरे मिर्गौलामा देखिने समस्या रोक्न सकिने डा. काफ्लेले बताउनुभयो । धेरैजसो विरामी अस्पताल पुग्दा मिर्गौलामा गम्भीर समस्या देखिसकेको हुने उहाँको भनाई छ ।
के गर्‍यो भने मिर्गौलाको रोगबाट बच्न सकिन्छ त ? डा. काफ्ले भन्नुहुन्छ, ‘वर्षमा एक पल्ट मात्रै भए पनि स्वास्थ्य जाँच गरौँ । यसो गर्दा धेरै खर्च पनि लाग्दैन । अनि स्वास्थ्यमा अरु रोगको संक्रमण छ छैन भन्ने पनि थाहा हुन्छ । जसले गर्दा रोग लाग्नु अगाबै सावधानी अपनाउन सकिन्छ र रोग लाग्न पाउँदैन ।’
मिर्गौलाको परीक्षण गर्दा पिसाब र रगतको जाँच गराउनु पर्छ । सरकारी अस्पतालमा गराउने हो भने धेरै लागे एकसय रुपैयाँ खर्च हुन्छ । अनि निजी अस्पतालमा जचाए डेढ देखि दुईसयमा परीक्षण हुन्छ । वर्षमा एक दुई सय खर्च गर्न गार्हो र अल्छी मान्दा लाखौँ खर्च गर्नु पर्ने अवस्था आउँछ ।
नेपालमा हरेक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ । सन्तुलित खानपान र दैनिक रुपमा स्वास्थय व्यायाम गरे मिर्गौलालाई बचाउन सकिन्छ ।
लक्षण

  • हात खुट्टा सुन्निनु
  • पिसाब पोल्नु, पिसाब फेर्न नसक्नु, पिसाब रोकिनु
  • वान्ता आउने
  • वाकवाकी लाग्ने
  • शरीरमा रगतको कमी देखिनु आदी मिर्गौला रोगको लक्षण हुन् ।

रोकथाम

  • प्रशस्त पानी पिउने
  • जंक फुडमा जोड नदिने
  • पोषणयुक्त सन्तुलित खाना खाने
  • नियमित अभ्यास गर्ने
रोग लाग्नुका कारण

उच्च रक्तचाप र पिसाबबाट प्रोटिन जानु मिर्गौला रोगका मुख्य कारण हुन् । यी बाहेक मिर्गौलामा पत्थरी, औषधिको जथाभावी प्रयोग, जन्मजात र संक्रमणका कारणले पनि रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन ।
धेरैजसो पाका उमेरकालाई मिर्गौलामा समस्या देखिने गरेको पाइएपनि अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीले युवा र बालबालिकामा पनि मिर्गौलाको समस्या देखिन थालेको छ । बालबालिकामा प्रशस्त पानी खाने बानी बसाल्न सके पनि रोग लाग्न नपाउने डाक्टरले बताएका छन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply