Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » तपाईलाई सायद थाहा छैन ताली बजाउँदा पनि यी रोगबाट छुट्कारा पाउन सकिन्छ
«
Next
Newer Post
»
Previous
Older Post

तपाई सायद यो समाचारको हेडलाईन पढेर हाँस्नुहुन्छ होला । तर, सही हो, ताली स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । हामी सामान्यतः खुशी हुँदा या कसैको खुशीमा सामेल हुँदा या कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । तर, यसले दम, मुटु, ग्याष्ट्रिक, फोक्सो, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्छ ।

 यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि ताली बजाउनुपर्छ । राम्रो परिणाम पाउनुछ भने हातमा नरिवलको या तोरीको तेल लगाउनुपर्छ, ताकि शरीरले सोसोस् । हेर्नोस्, तालीका
फाइदाहरूः

१. मुटु र फोक्सोका लागि – यदि कुनै व्यक्ति मुटु र फोक्सोसंबन्धी समस्याबाट पीडित छ भने ताली सही उपचार हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोध हटाई फिट र स्वस्थ पार्छ ।

२. ढाड, घाँटी, जोर्नी दुख्नेहरुका लागि – ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ । उपयुक्त विधिले चाँडो परिणाम दिन्छ । तर, गलत विधिले नराम्रो असर चाहिँ दिदैंन, ढुक्क पर्नुस् ।

३. न्युन रक्तचापमा – यदि न्युन रक्तचापको समस्या छ भने सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउनुहोस् समस्याबाट छुट्कारा मिल्छ ।

४. गोलीगाँठाको समस्यामा – वृद्ध अवस्थाका व्यक्तिका लागि गोलीगाँठाको दुखाई बढी हुन्छ । यस्तो समस्यालाई तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्छ ।

५. पाचन समस्यामा – ताली पाचन समस्या भएकाहरूका लागि अचूक औषधि हो । तर, विधिसम्मत तरिकाले ताली बजाउनुपर्छ । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा पनि १५ मिनेट गर्नुहोस् । जति बढी समय यो अभ्यास गर्नुहुन्छ, उति चाँडो तपाईंले परिणाम पाउनुहुन्छ ।

६. बच्चाका लागि उपयुक्त अभ्यास – वैज्ञानिकहरुले ताली साना बच्चाका लागि प्रभावकारी अभ्यास हो भन्ने प्रमाणित गरिसकेका छन् । यसले बच्चाहरुको हस्तलेखन क्षमता र ज्ञानमा वृद्धि गर्छ । यसले बच्चाहरुलाई मिहिनेती पनि बनाउछ र बच्चाको दिमागको विकास गर्छ ।

७. रोग प्रतिरोधी क्षमतामा वृद्धि - तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र कुनै पनि रोगसंग लड्न सक्ने बनाउछ ।
नोट – ताली एक्युप्रेसरको एउटा रूप हो । कुनै गम्भीर रोग लागेको छ भने ताली बजाएर मात्र नबस्नुहोस्, तुरून्त चिकित्सकको सहयोग लिनुहोस् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply