Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बालुवाटार वार्ता छाडेर मधेसी मोर्चाका नेताहरु भारतीय दूताबासमा
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, मंसिर १८
। शुक्रबार साँझ ६ बजे सत्तारुढ दल, प्रमुख विपक्षी कांग्रेस र मधेसी मोर्चाका शीर्ष नेताहरुको त्रिपक्षीय वार्ता बोलाइएको थियो तर तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु बालुवाटार वार्ता छाडेर लैनचौर भारतीय दूताबास पुगेका छन् । स्रोतका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवसहितका नेताहरु लैनचौर पुगेका हुन् ।
दूतबासको भेटमा सहभागी एक नेताका अनुसार भेटमा राजदूत रायले प्रमुख तीन दलले अघि सारेको सहमतिको प्रस्तावबारे जानकारी गराएका थिए । सरकारले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापामार्फत संविधान संशोधन अघि बढाउने र राजनीतिक समिति बनाएर ३ महिनाभित्र सीमांकन विवाद टुङ्ग्याउने प्रस्ताव दिल्ली पुर्‍याएको थियो ।
मधेसी मोर्चाका नेताहरुले भने यो सहमति कार्यान्वयन हुन्छ भने कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका थिए । ‘हिजो भएको सहमति कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपर्‍यो’स्रोतले भन्यो-‘आज आन्दोलनको ११० अन्दोलन भइसक्यो । अब फेरि उधारो सम्झौता गर्दा कार्यान्वयनको कसले ग्यारेन्टी गर्छ ।’
जवाफमा भारतीय राजदूतले विचार गर्नुस् भनेका थिए । अब मधेसी मोर्चाका नेताहरु दिल्ली जाने तयारीमा जुटेका छन् ।
बालुवाटारमा ३ दलका नेता कुरेको कुर्‍यै
उता बालुवाटारमा साँझ पाँच बजेदेखि नै ३ दलका शीर्ष नेताहरु मधेसी मोर्चाका नेतालाई कुरेका कुर्यै भएका छन् । ३ दलले आन्तरिक छलफल गरेपछि मधेसी मोर्चासँग त्रिपक्षीय वार्ता गर्ने तय भएको थियो ।
तर, साझ पौने सात बजेसम्म कुर्दा समेत मोर्चाका नेताहरु बालुवाटार पुगेनन् । भारतीय दूताबासमा छलफलमा रहेका मोर्चाका नेताहरुले नआउने खबर पठाएपछि ३ दलका नेताहरु बालुवाटारबाट निस्किएका थिए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply