Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » प्रधानमन्त्रीले शीर्ष नेतालाई सुनाए दिल्लीको सन्देश
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, मंसिर १८ । मधेसी मोर्चाको मागबारे बनेको साझा धारणालाई अन्तिम रुप दिन बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक बसेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका नेताहरुलाई भारतसँग समझदारी भएको भन्दै दिल्लीको सन्देश सुनाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको दिल्ली भ्रमणको प्रगति सुनाएका छन् ।
प्रधानमन्त्रीले मधेस आन्दोलनलाई नेपाल र भारतबीच देखिएको असमझदारी अन्त्य भएको दाबी गरेका छन् । एक नेताले भने- ‘भारतसँग समझदारी भएको ओलीको बिफि्रङ थियो’  ।
अघिल्लो सरकारले दर्ता गरेको सविधान संशोधन प्रक्रिया अघि बढाएपछि नाकामा देखिएको अवरोध बिस्तारै हट्ने दिल्लीको सन्देश प्रधानमन्त्रीले तीन दलका शीर्ष नेताहरुलाई सुनाएका छन् । ‘संविधान संशोधन गर्नुस्, हामी त्यसलाई पोजेटिभली लिन्छौं’ भनेको रहेछ’ स्रोतले भन्यो ।
राजनीतिक समिति बनाएर ३ महिनामा सीमांकन विवाद हल गर्ने दलहरुको प्रस्तावलाई भारतले सकारात्मक रुप लिएको छ । ‘सकेसम्म मधेसीसँग सहमतिको प्रयास गर्नुस्’ भन्दै भारतले मधेसी मोर्चासँग सहमति नभए पनि संविधान संशोधन भए आपूर्ति अवरोध हट्ने संकेत दिएको छ ।
दिल्ली भ्रमण गरेर आएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले समेत नाकाबन्दी नाटकीय रुपमा हट्ने दावी गरेका छन् । भारतसँग समझदारी भएको भन्दै थापा दिल्लीबाट फर्किनु अघि नै बालुवाटारमा भने खुसी छाएको थियो ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply