काठमाडौं , ७ कात्तिक । राष्ट्रिय जनमोर्चका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रबादी शक्तिहरु एकढिक्का भए चन्द्रेको बाउ इन्द्रेले पनि केही गर्न नसक्ने बताएका छन् । शनिबारको व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै केसीले सबै दलहरु मिलेर अघि बढ्नपर्ने बताए ।
‘हामी आफैंले मुलुकको बारे फैसला गर्ने हिम्मत गरेनौं । चुनाव जित्न, मन्त्री हुन अर्काको मुख ताक्यौं । र, मन्त्री भएपछि उसैको चित्त बुझाउनतिर लागेकाले मुलुकले आज यो स्थिति भोग्नु परेको हो ।’ उनले भने- ‘हाम्रो कठिनाइ भनेको आमी आफैले संविधान जारी गर्नु हो । त्यसैको सजाय अहिले मुलुकले व्यहोरिरहेको छ ।’
अर्काको मुख ताक्दा केही व्यक्ति र पार्टीलाई फाइदा भएपनि मुलुकले दुर्गति भोग्नुपरेको बताए ।
प्रधानमन्त्रीको चुनाबमा विदेशीले चलखेल गरेको बताउँदै अब राष्ट्रपतिको चुनाबमा पनि खेल्ने भएकाले सबै राष्ट्रबादी शक्तिहरु सतर्क हुन आग्रह गरे ।
No comments