Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » बिसेसज्ञंले दिए चेतावनी गुगलले सिध्याउँदैछ मान्छेको दिमाग
«
Next
Newer Post
»
Previous
Older Post

मानिसमा बढ्दै गएको अधैर्यताले डिजिटल स्मरणहीनताको अवस्था सिर्जना गरेको छ । जसका कारण हामीहरु दैनिक जिवनका महत्वपूर्ण तथ्य तथा जानकारीका साथै प्रश्नहरुको उत्तरका लागि इनटरनेटमा भर पर्दै गएका छौँ अनि अर्कोतर्फ अनलाइनमा हेरेका र पढेका जानकारीहरु समेत छिटै भुल्न थालेका छौँ ।
एक अध्ययनले पनि मानिसको डिजिटल आशक्ति बढ्दै गएको देखाएको छ । जस अनुसार एक तिहाइ मानिसले उनीहरुलाई सोधिएको प्रश्नको जवाफ दिनका लागि आफ्नै मौलिक उत्तरको प्रयास गर्नुको साटो गुगल गर्ने गरेको देखाएको छ ।
साथै एक चौथाइ मानिसले गुगलमा खोजेर भेट्टाएको जानकारी तत्कालै भुल्ने गरेका छन् ।
डिजिटल सेक्योरिटी कम्पनी क्यास्पस्र्की ल्याबले गरेको अध्ययनमा १६ वर्ष र त्यसभन्दा माथिका ६ हजार मानिसलाई सहभागी गराइएको थियो ।
त्यसक्रममा ३६ प्रतिशत मानिसले आफैले प्रश्नको जवाफ दिनुअघि गुगलमा जानकारी खोज्ने गरेको पाइएको छ । ४५ वर्ष भन्दा माथिका मानिसमा भने गुगल गर्ने प्रवृत्ति अझै बढि देखिएको छ र ४० प्रतिशतले प्रश्नको जवाफ दिँदा गुगलको सहारा लिने गरेका छन् ।
इन्टरनेटका कारण मानिसहरुमा आफ्ना स्मरणशक्ति माथि नै शंका उत्पन्न हुने गरेको छ अनि उनीहरुले जतिसक्दो चाँडो उत्तर दिइहाल्न अधैर्य हुन्छन् ।
२४ प्रतिशत मानिसहरुले अनलाइनमा खोजेका जानकारीहरु आफुले प्रयोग गरिसकेपछि बिर्सिहाल्ने गरेको पाइएको छ । ४५ वर्षमाथिका मानिसमा भने यस्तो बिर्सिने दर २७ प्रतिशत रहेको पाइएको छ । इन्टरनेटको उपलब्धताका कारण जतिबेला पनि अनलाइनमा खोजेको जानकारी पाइने भएकाले त्यसलाई सम्झिरहन जरुरी नभएको ठान्ने मानिसको संख्या १२ प्रतिशत पाइएको छ ।
शोधकर्ताका अनुसार गुगलले प्रयोगले मानिसलाई यस्तो भान पारिरहेको छ की इन्टरनेट उनीहरुको आफ्नै सरीरभित्रको आन्तरिक औजार हो । मानिसहरु कुनै जानकारी सम्भिmने वा शेयर गर्ने गर्नुको साटो त्यसलाई इलेक्ट्रोनिक उपकरणमा सुरक्षित गर्ने गर्छन् ता की भविष्यमा त्यो जानकारी अरु कसैलाई नसोधी वा आफुले समिझने झण्झट नगरीकन प्राप्त गर्न सकियोस् ।
शोधकर्ता मनोविज्ञ ड्यानियल वेंगर र एडि्रयन वार्ड भन्छन् : हाम्रो अध्ययनले देखाएको छ की हामीले इन्टरनेटलाई स्मरणको मामिलामा मानवीय पार्टनर जस्तै ठान्ने गरेका छौँ, जो सँग हामीले आफ्ना सबै व्यक्तिगत कुराहरु शेयर गर्छौँ ।
आफ्ना परिवारका सदस्य, पि्रयजन तथा साथीहरुसँग मनका कुरा तथा सम्झनाहरु फुकाएझैँ हामीले इनटरनेट क्लाउडमा आफ्ना स्मरणहरु छाडिदिएका छौँ । इन्टरनेट माथिको अधिक आशक्तिका कारण मानिसले आधारभुत मानवीय आवश्यकता कुरा पनि सम्झिन छाडेको र मस्तिष्कलाई आवश्यक जैविक स्मरणशक्तिको बोझबाट पनि उन्मुक्ति दिँदै गएको ठम्याइ शोधकर्ताको छ ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply