Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » हेर्नुस यसरी हुन्छ नेपालमा पोर्न भिडियो को खेती:
«
Next
Newer Post
»
Previous
Older Post

विश्वका ४५ करोड मानिस ‘पोर्नोग्राफी’को नशामा फसेको तथ्यांकले देखाएको छ। जिक्यू डटकमका अनुसार प्रत्येक पाँच जनामा एक जनाले दैनिक पोर्न फिल्म हेर्ने गर्छन्। त्यस्तै ५९ प्रतिशतले हप्तामा पाँचदेखि १५ घण्टासम्म पोर्न फिल्म हेर्छन्।
पोर्न मुभीको लतमा फसेका ५० प्रतिशतले भने ‘सेक्स’को अनुभव नै बटुलेको देखिँदैन। तथ्यांकले पोर्नोग्राफीको नशामा फसेका ४२ प्रतिशत कलेजका विद्यार्थी रहेको उल्लेख गरेको छ। त्यस्तै ५३ प्रतिशत १२ देखि १४ वर्ष उमेरका छन्। उनीहरू १२ वर्ष कटेपछि पोर्न फिल्मको लतमा फसेको तथ्यांकले देखाएको छ। इन्टरनेटको माध्यमबाट पोर्न फिल्म हेर्ने सबैभन्दा बढी अमेरिकामा छन्। यहाँ चार करोड मानिस पोर्नको लतमा फसेका छन्। यो संख्याको एक तिहाई अर्थात् १ करोड ३० लाख महिला छन्। अमेरिकालाई ‘पोर्न’को राजा पनि भन्ने गरिन्छ। पोर्नसम्बन्धी फिल्म निर्माण, पोर्नस्टार, पोर्नसम्बन्धी वेबसाइट, वेबसाइट होस्टिङलगायत सबै काम अमेरिकामै बढी हुने गरेकाले अमेरिकालाई पोर्नको राजा भनिएको हो। विश्व बजारको ६६ प्रतिशत पोर्न फिल्म अमेरिकामा बन्ने गरेका छन्। साइकोलोजी फ्याक्ट्सले हरेक ३९ मिनेटको अन्तरमा अमेरिकामा नयाँ ब्लू फिल्म बन्ने देखाएको छ। संसारभर पोर्नोग्राफीको वार्षिक १३ अर्ब डलरको कारोबार हँुदै आएको छ। जसमध्ये अमेरिकामा मात्र ८९ प्रतिशत कारोबार हुन्छ। अमेरिकापछि यस्ता क्रियाकलाप ब्राजिलमा बढी हुन्छ। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पोर्न हेर्नेको संख्या दिनप्रति दिन बढ्दै गएको तथ्यांकले देखाएको छ। ब्राजिलपछि दक्षिण एसियाली मुलुक पाकिस्तान पोर्न फिल्म हेर्ने तेस्रो ठूलो राष्ट्र हो। संसारकै ठूलो अर्थतन्त्र मानिएको चीन पोर्न हेर्ने चौथो ठूलो मुलुक हो। यहाँ कतिपय वेबसाइटहरू सरकारले प्रतिबन्ध लगाए पनि लुकीछिपी पोर्न हेर्नेको जमात बढ्दै गएको छ। विश्वकै दोस्रो ठूलो जनसंख्या भारतमा भने पोर्नसम्बन्धी आँकडा मिश्रित छ।

इन्डियन एक्सप्रेसका अनुसार उच्च शिक्षा पढ्ने ८० प्रतिशत विद्यार्थीहरू पोर्न फिल्म हेर्छन्। शहरिया क्षेत्रमा इन्टरनेट र दुर्गमका विद्यार्थीहरू साथीभाइसँग उपलब्ध पोर्न फिल्म ब्लुटुथको माध्यमबाट ट्रान्सफर गरेर हेर्छन्। भारतका दुर्गम ठाउँका महिलामा पनि पार्नोग्राफीको लत बसेको देखिन्छ। सेलिब्रिटीका भाइरल सेक्स टेप स्मार्टफोनबाट सेक्स भिडियो बनाउने प्रचलन पनि बढ्दो छ। आफूसँग भएको स्मार्टफोनले आफ्नी पत्नी वा प्रेमिकासँग भएको सेक्सुअल क्रियाकलाप अहिलेका पुस्ताले रेकर्ड गर्ने गर्छन्। आफूसँग भइन्जेलसम्म ती क्लिप सुरक्षित भए पनि मोबाइल बिग्रिँदा वा हराउँदा यस्ता भिडियो लिक भएर भाइरल भइरहेका छन्। यस्तो क्लिप भाइरल हुनेमा आम मान्छेदेखि सेलिब्रिटीसम्मका छन्। हालैमात्र बलिउड अभिनेत्री राधिका अप्तेको नांगो तस्बिर भाइरल बनेको थियो। यसअघि पनि बलिउडका धेरै हिरोइनहरूको नांगो तस्बिर भाइरल बनेका थिए। हलिउडमा त झन् यसको लेखाजोखा नै छैन।

लिक्ड हुनेमा चर्चित सोसलाइट किमदेखि निकोल नारेनसम्म छन्। त्यस्तै, पेरिस हिल्टन र रिक सलोमन, पमेला एन्डर्सन र टोमी ली, केटी प्राइस र डेन बोअर्स, भेर्ने ट्रोयर र रनाए सि्रदर, अवि टिटमुस र जोहन लेसलीलगायत सेलिब्रिटीका सेक्स टेप सार्वजनिक भइसकेका छन्। यसको मुख्य कारण स्मार्टफोन भएको बेलायती पत्रिका मिररले उल्लेख गरेको छ। गुगलमा पोर्न प्रतिबन्धित गुगलले आफ्नो ब्लग प्लेटफर्म ‘ब्लगर डटकम’ (जुन ब्लगस्पट डटकमको नामले समेत चिनिन्छ) मा पोर्न सामग्री पोस्ट गर्न प्रतिबन्ध लगाएको छ। विभिन्न देशले पोर्न साइटमाथि प्रतिबन्ध लगाउन थालेपछि पछिल्लो समय पोर्न सामग्री उत्पादकहरूले गुगलको फ्री ब्लग साइट ब्लगस्पटको सहारा लिँदै आएका थिए। तर, अब गुगलले पोर्न कन्टेन्टयुक्त यस्ता ब्लगलाई सार्वजनिक रूपमा नखुल्ने बनाउने भएको छ भने नयाँ कन्टेन्ट पोस्ट गर्न पनि प्रतिबन्ध लगाउने छ। गुगलले मंगलवार सूचना जारी गर्दै मार्च २३ भित्र त्यस्ता सामग्री नहटाए ती ब्लगलाई प्राइभेटमा रूपान्तर गरिदिने बताएको छ। प्राइभेट ब्लग एडमिनले मात्र हेर्न पाउँछ, जसलाई सार्वजनिक रूपमा खोल्न सकिँदैन। तर, ब्लग सञ्चालकले सेयर गरेका लिंक भने खोल्न सकिन्छ। गुगलले नांगा तस्बिर, भिडियो वा ग्राफिकयुक्त सामग्री सार्वजनिक ब्लगमा राख्न नपाइने बताएको छ। तर, न्युड आर्ट वा शैक्षिक तथा चेतनामूलक प्रयोजनका लागि राखिएका सामग्रीलाई भने हटाउनु पर्ने छैन। गुगलको पछिल्लो नीतिले ब्लगस्पटमा सेक्स ब्लग, पोर्न भिडियो र तस्बिरको साइट चलाइरहेका लाखौँ प्रयोगकर्ता र त्यसका करोडौँ दर्शक प्रभावित हुनेछन्।

गुगलले पहिला आफ्नो नीतिमा पोर्न कन्टेन्टलाई प्रतिबन्ध नलगाउने स्पष्ट उल्लेख गरेको थियो। तर, अहिले आधारभूत नीतिमै परिवर्तन गरेपछि पोर्न ब्लग सञ्चालकहरू असन्तुष्ट भएका छन्।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply