किशोरावस्थामा पुगेपछि, धेरै व्यक्तिले हस्तमैथुनका बारेमा चिन्ता गर्न थालेका हुन्छन् । वास्तवमा हस्तमैथुन एउटा सामान्य र निरन्तर प्रक्रिया हो ।
मानिस १२/१३ बर्ष पुगेपछि नै यौन चाहना शुरु हुन थाल्छ । विपरीत लिङ्गी साथी देख्दा , अश्लिल पुस्तक वा चलचित्र हेर्दा, अन्य जनावरले गरेको यौन सम्पर्क देख्दा , यौनका कुरा मनका खेलाउँदा यौन उत्तेजना हुनु स्वभाविक हो । यहि उत्तेजनाले निम्त्याउने यौन चाहनाको पूर्ति गर्नका लागि युवाहरुले हस्तमैथुन गर्दछन् ।
आफैंले लिङ्ग समाएर हस्तमैथुन गर्नुभन्दा अन्य सहपाठी साथी वा कुनै साधनको माध्यमद्धारा लिङ्ग समाएर हस्तमैथुन गर्दा बढी आनन्द हुने भएकाले किशोर किशोरीहरु यस्तै समय वा बेलाको खोजीमा हुन्छन् । एकान्त कोठा , शौचालय , एकान्त खुल्ला ठाउँमा अरुले नदेख्ने गरी युवाहरुले हस्तमैथुन गर्छन् ।
यौनसम्पर्क जस्तै हस्तमैथुन गर्न कसैले कसैलाई सिकाउनु पर्दैन । सबै पुरुषले विवाह अगाडी वा विवाह पछाडी पनि हस्तमैथुनलाई निरन्तरता दिएका हुन्छन् । किशोरहरु यौन कार्य गर्न सक्ने उपयुक्त समयमा पुगिसकेपछि, नियमित विर्य उत्पादन हुन शुरु हुन्छ । उत्पादन भएको विर्य शरिरभन्दा बाहिर आउन खोज्ने भएकाले कहिलेकाहीँ हस्तमैथुन वा यौन सम्पर्क नभएको बेलामा पनि सपनामा वा यौन कल्पनामा डुब्दा स्खलित हुनसक्छ । यसलाई कुनै रोग या समस्याका रुपमा लिएर आत्ति हाल्नु पर्दैन ।
यदि नियमित यौन कार्य जस्तैः हस्तमैथुन, यौनसम्पर्कमा संलग्न भईएको छ भने आफैं स्खलित हुने समस्या हराएर जान्छ । हप्ताको २ /३ पटकको हस्तमैथुनले स्वास्थ्यलाई कुनै हानी नगर्ने बरु उल्टै फाईदा हुने विभिन्न अध्ययनहरुले देखाईसकेको छ । हस्तमैथुन किन र के का लागि भन्ने बिषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।
हस्तमैथुन भनेको के हो ?
यौन अंगहरुलाई हातले चलाएर वा घर्षण गरेर उत्तेजित पारी प्रचुर मात्रामा यौन आनन्दको अनुभव प्राप्त गर्ने कार्यलाई हस्तमैथुन भनिन्छ । केटा र केटी दुबै यस्तो कार्यमा संलग्न भएका हुन्छ न् ।
हस्तमैथुन कसले र किन गर्छन् ?
हस्तमैथुन जो कोहिले पनि जसलाई यौन इच्छा हुन्छ तिनीहरुले यौन चाहाना पुरा गर्नका लागि हस्तमैथुन गर्ने गर्दछन् । किशोरावस्थामा करिब १२ बर्षदेखि १४ बर्षको उमेरतिर शरीरमा क्रमशः देखापर्दै गएका परिवर्तनहरुले यौन इच्छाहरुको बिकास तथा यौन सन्तुष्टि प्राप्तिका तीब्र चाहनाको साथसाथै मानव शरीर सम्भोगका लागि योग्य हुन थाल्छ ।
जहाँ सम्भोग सम्भव हुदैन, त्यहाँ आफ्नो यौन आवेगलाई शान्त पार्न हस्तमैथुनको सहारा लिने गरिन्छ । हस्तमैथुन प्रक्रिया बढ्दो उमेरको तनाबबाट छुटकारा प्राप्त गर्ने एक आनन्ददायक साधन हो ।
के हस्तमैथुन गर्दा कमजोरी हुने , तौल घट्ने, नपुंसक हुने हुन्छ ?
सम्भोग हानिकारक नभएजस्तै हस्तमैथुन पनि हानिकारक छैन । हस्तमैथुन गर्नाले कमजोरी हुन्छ, तौल घट्छ, वीर्य पातलो हुन्छ, शिघ्र पतन हुन्छ वा नपुंसक हुन्छ भन्ने धारणा सत्य होइन ।
No comments