Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » नेपाल र भुटान आज भिड्दै
«
Next
Newer Post
»
Previous
Older Post

च्याम्पियनसिपको पूर्वसन्ध्यामा बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बिहीबारदेखि सुरु हुने च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार समुह 'बी' मा रहेको आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ।


 समूहको अर्को खेल नेपालले अगस्ट २४ तारिखमा बंगलादेशसँग खेल्नेछ।आफ्नो टोलीको एकमात्र लक्ष्य उपाधि भएकाले युवा खेलाडीले सोहीअनुसार तयारी गरेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए। 

'नेपाल सबै उमेरसमूहमा उपाधिको दाबेदार टोली हो। हामीले सधैं राम्रो पनि खेल्दै आएका छौं। फाइनलमा हार्ने रोगबाट यसपटक हामी मुक्त हुन चाहन्छौं', महर्जनले भने। चार महिनादेखि सुरु भएको नेपाली युवा टोलीको प्रशिक्षण भूकम्पका कारण बीचमा दुई महिना बिथोलिएको थियो।

अभ्यास केही समय रोकिए पनि टोलीलाई कुनै असर नपरेको महर्जनले बताए। 'मैले यो टोलीलाई विगत चार वर्षदेखि हेर्दै आएको छु। टोलीमा लामो समयदेखि खेल्दै आएका १५ जना पुराना र आठजना नयाँ खेलाडी छन्। 

समूहमा भुटान र अफगानिस्तानलाई हराएर सेमिफाइनलमा पुग्न चाहन्छौं। मलाई आशा छ, खेलालीले सोचेजस्तै प्रदर्शन गर्नेछन्', महर्जनले भने। उनले सहभागी सबै टोली बलियो भएकाले खेल हेरेर रणनीति बनाइने बताए।

तयारीका क्रममा युवा टोलीले हालैमात्र सिनियर राष्ट्रिय टोली र मनाङ मस्र्याङ्दी क्लबसँग अभ्यास खेल पनि खेलेको थियो। नेपाली टोलीका कप्तान विमल घर्तीमगरले यू-१६ देखि खेल्दै आउँदा आफ्नो टोलीलाई सधैं दुर्भाग्यमात्र हुने गरेको बताए। 'हामी सधैं भारतसँग हार्दै आएका छौं। यसपटक भारतलाई हराएर उपाधि जित्ने प्रयत्न गर्नेछौं। म बेल्जियममा गरेको अभ्यासलाई यसपटक भरपुर सदुपयोग गर्नेछु', विमलले भने।

भुटानी टोलीका प्रशिक्षक नगवाङ डेन्डुपले भुटानका लागि यो च्याम्पियनसिप महत्वपूर्ण भएको बताए। 'भूटानले पछिल्ले समय राम्रो खेलिरहेको छ। विशेषगरी हामीलाई सिनियर टोलीको प्रदर्शनले प्रेरित गरेको छ । नेपाली टोली आफैंमा बलियो छ। हामी सबैसँग उत्कृष्ट फुटबल खेल्ने प्रयास गर्नेछौं। 

भुटानको पहिलो लक्ष्य समूहगत चरण पार गर्नु हो', डेन्डुपले भने। टोलीका कप्तान चुकी बाङ्चुले नेपालसँग यसअघि पनि यू-१६ साफ च्याम्पियनसिप खेलिसकेकोले नेपाली टोली अरूभन्दा बलियो रहेको बताए। नेपालसँग खेल्न अप्ठ्यारो हुन्छ तर, हामी शतप्रतिशत मेहने गरेर खेल्नेछौं', बाङ्चुले भने।

समूह 'बी' मै रहेको बंगलादेशका प्रशिक्षक फैसुल बारी टिटुले आफ्नो समूह कठिन भएको बताए। ‘समूहमा नेपाल बलियो छ। घरेलु मैदान र दर्शकको साथ पनि नेपाललाई छ। भुटानले पनि राम्रो फुटबल खेलिरहेकाले दुई टोलीको खेल हेरेर हामी सोहीअनुसार प्रदर्शन गर्नेछौ', टिटुले भने। बंगलादेश राम्रो तयारी गरेर नेपाल आएको पनि उनले बताए।

यसैगरी समूह 'ए' मा रहेको भारतका प्रशिक्षक मोहम्मद युसुफले भारतले दोस्रो टोली उतार्न लागेको बताए। 'हाम्रो पहिलो रोजाइका खेलाडी मलेसियामा एएफसी स्तरको च्याम्पियनसिपमा गएका छन्। भारतको यो टोली पनि सन्तुलित छ। भारतले यो टोलीलाई विगत तीन वर्षदेखि तयारीमा राख्दै आएको छ। भारतको अन्तिम लक्ष्य उपाधि नै हो', युसुफले भने।

माल्दिभ्सका प्रशिक्षक मोहम्मद आतिफले आफूहरू राम्रो तयारी गरेर नेपाल आएको बताए। 'सहभागी सबैको स्तर एउटै रहेकाले माल्दिभ्स पनि उपाधिको हकदार हो', आतिफले भने। यसैगरी अफगानिस्तानका प्रशिक्षक हायतुल्हा लोगलवालले आफूहरू अफगानिस्तानलाई यू-१९ फुटबल च्याम्पियनसिपको उपाधि उपहार दिन नेपाल आएको प्रतिक्रिया दिए।

उनले टोलीले उत्कृष्ट तयारी गरेकाले जस्तौसुकै चुनौती झेल्न पनि तयार रहेको बताए। लिग कम नकआउटमा आधारमा सञ्चालन हुने प्रतियोगितामा समूहका दुई उत्कृष्ट टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल अगस्ट २९ तारिखमा हुनेछ । श्रीलंका र पाकिस्तान भने प्राविधिक कारणले प्रतियोगितामा सहभागी हुने छैनन्।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply