Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » 'यात्रुसँग बढी भाडा असुले चालकको लाइसेन्स खारेज'
«
Next
Newer Post
»
Previous
Older Post

यातायत व्यवस्था विभागले यात्रुहरुसँग तोकिएको भन्दा बढी रकम लिए यातायतको रुट परमिट र चालकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । यात्रुहरुबाट ठगीका गुनासाहरु आएपछि विभागले त्यस विषयमा अनुगमन गरिएको पनि जनाएको छ ।
अनुगमनका क्रममा त्यस्तो पाइए यातायतको रुट परमिट र चालकको लाइसेन्स खारेज गरिने विभागका महानिर्देशक मधुसुदन बुर्लाकाटीले सेतोपाटीलाई जानकारी दिए । उनका अनुसार विभाग र प्रहरीले कलंकी, गंगबु, कोटेश्वर, बल्खु लगायतका काउन्टरमा अनुगमनका लागि टोली पठाएको छ ।
केही कागजात र ठगी भएका यात्रुहरुको रकम फिर्ता गरेको पनि उनले सुनाए ।
तोकिएको भन्दा ८ गुणा भन्दा बढी रकम तिरेर सर्वसाधारण घर फर्किरहेका छन् । यातायत सहज रुपमा संचालनका लागि विभागले व्यवसायीहरुसँग पनि छलफल गरिरहेको छ । विभागले ७ दिन सम्मका लागि सवारी साधनको रुट परमिट खारेज गरेको छ । बिहानदेखि अहिलेसम्म ३ सय टाटासुमो र त्यत्ति नै बराबरमा माइक्रो र बस राजधानी भित्रिएको महानिर्देशक बुर्लाकोटीले बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply