Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » एउटा शव निकाल्ने चार दिनको प्रयास असफल
«
Next
Newer Post
»
Previous
Older Post

सदरमुकाम चरिकोटको एउटा होटलबाट चार दिनदेखि एक मजदुरको शव निकाल्ने प्रयास असफल भएको छ। 
चरिकोट बजारको चरिघ्याङस्थित क्षतिग्रस्त सङ्गम होटलबाट यहाँ कार्यरत मजदुर २० वर्षीय प्रशान्त कार्कीको शव निकाल्ने प्रयास आज पनि असफल भएको छ।
नेपाली सेनाको एकल प्रयासबाट मङ्गलबारसम्म पनि कार्कीको शव निकाल्न नसकिएपछि आज फ्रान्सेली सेनाको टोली शव निकाल्न आएको थियो। 

नेपाली र फ्रान्सेली दुवै टोलिले अहिले साँझ अबेरसम्म शव निकाल्ने प्रयास गरे पनि सकेनन्। झुले गाविसका वासिन्दा कार्की आफ्नै काकाको उक्त होटलमा दुई वर्षदेखि मजदुरी गर्दै आएका थिए। 

'सग्लो शव निकाल्न सकिने स्थिति छैन, टुक्राटुक्रा गरी निकाल्न मृतकका परिवारजनले मानेनन्,' प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने। शव निकाल्ने कार्य आजलाई स्थगित गरिएको उनले बताए।
डोजर लगाएर भत्केको होटल हटाउने स्थिति नहुँदा शव निकाल्न समस्या भएको हो। 

'डोजर लगाए अरु तीन /चार होटल र घर भत्किने अवस्था छ,' उनले भने। रासस 

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply