विभिन्न कम्पनीका लागि ग्राहक भनेका भगवान सरह नै हुन् । तर भगवान सरहका ग्राहकले कहिलेकाहीँ कम्पनीको कर्मचारीको व्यवहारको परिक्षा समेत लिने गरेका हुन्छन् । चीनमा बिएम डब्लु कारको खरिद गर्न आएका एक ग्राहकले एक लाख नोट ल्याएर कार खरिद गर्न आए ।
जुन नोट गन्नको लागि २० कर्मचारीलाई करिब छ घण्टा लागेको थियो ।
हरेक नोटको गड्डी एक युयानको रहेको थियो भने यसको तौल एक सय केजी रहेको भारतिय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ । साथै यसको कुल रकम भने एक लाख २६ हजार सात सय हङकङ डलर रहेको थियो । यति ठुलो मात्रामा रकम देखेपछि कर्मचारी आत्तिएका थिए ।
No comments