Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ।
«
Next
Newer Post
»
Previous
Older Post

चैत - काठमाडौं, २७ - चीनले सर्वोच्च शिखर सगरमाथा हुँदै नेपालसम्म रेलवे निर्माण गर्ने प्रस्ताव गरेको छ। चीनले सगरमाथा छेडेर सुरुङमार्गमार्फत काठमाडौंसम्म रेल ल्याउन यस्तो प्रस्ताव अघि सारेको हो।

नेपालकै प्रस्तावअनुसार चीनले सगरमाथामा सुरुङ बनाएर सन् २०२० सम्म नेपालसम्म रेल ल्याउने तयारी गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना डेलीले बुधबारको अंकमा लेखेको छ।

तिब्बतको रेलवे सेवाले ल्हासा र र चीनको अन्य सहर पहिले नै जोडिसकेको छ। नौ महिनाअघि चीनको सिगात्से ल्याइपुर्याइएको रेल सन् २०२० भित्र नेपालको सीमासम्म जोड्ने महत्त्वाकांक्षी योजना चीनले गत वर्ष सार्वजनिक गरेको थियो।

नेपाललाई चीनको रेलमार्गले जोड्न विकट भौगोलिक स्थितिको कारण सगरमाथामा सुरुङ मार्ग बनाउनुको विकल्प नभएको चिनियाँ विज्ञ तथा एकेडेमी अफ इन्जिनियरिङ अफ चाइनालाई उद्धृत गर्दै चाइना डेलीले जनाएको छ।

चिनियाँ विज्ञ वाङ मेङ्सुका अनुसार सगरमाथामा सुरुङ मार्ग बनाएर रेल नेपाल ल्याइनेछ। यो सुरुङमार्फत चीनबाट काठमाडौं आउने रेलको गति एक सय २० किलोमिटर प्रतिघन्टा हुनेछ। चिनियाँ विदेशमन्त्री वाङ् यीको गत पुसमा भएको नेपाल भ्रमणका बेला पनि सुरुङ मार्ग बनाउने विषय उठान भएको जनाइएको छ।

नेपाल सरकारले भने नेपाल-चीन सीमा नाका केरुङ आइपुग्ने चिनियाँ रेललाई काठमाडौंसम्म जोड्ने योजनाअनुसार सम्भाव्यता अध्ययन गर्ने जनाएको आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply