Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » मुख तथा स्वासको दुर्गन्ध हटाउने १० अचुक उपाय
«
Next
Newer Post
»
Previous
Older Post

अधिकांस मानिसहरुलाई स्वास गन्हाउने समस्या हुन्छ । तर कतिपयले आफ्नो स्वासबाट दुर्गन्ध आएको चाल पाउँदैनन् ।
मुखबाट आउने दुर्गन्धले तपाइँको ब्यक्तित्व नै प्रभावित गर्छ । स्वासमा हुने दुर्गन्धले तपाइँको छेउँमा आउन पनि मानिसहरु हिच्किचाउँछन् ।

किन गन्हाउँछ स्वास?
मुखबाट निस्किने दुर्गन्ध एक ब्यक्टेरियाका कारणले हुने गर्छ । यो ब्यक्टेरियाले उत्पादन गर्ने सल्फर कम्पाउण्डले स्वासमा दुर्गन्ध पैदा गर्छ । यो ब्याक्टेरियाले पैदा गर्ने दुर्गन्धप्रति मानिसहरु सचेत हुँदैनन् । त्यस्तै दाँत फोहोर भएमा वा धुम्रपान गर्नेहरुको पनि स्वासमा दुर्गन्ध आउन सक्छ ।

 स्वासको दुर्गन्ध हटाउने १० अचुक उपाय

१) खानामा ताजा र रेशादार तरकारी समावेस गर्नुस् । पानी प्रयाप्त मात्रामा पिउनुस् ।

२) एक कप पानीमा एक चम्चा खाने सोडा मिसाएर कुल्ला गर्दा एसिडिटी लेभल कम हुन्छ र स्वासको दुर्गन्ध कम हुन्छ ।

३) ल्वाङलाई हल्का आगोमा तातो पारेर चुस्नुस् । यसले तपाइँको स्वासमा ताजगी ल्याइदिन्छ ।

४) अलैची वा तुलसीको पात खाँदा पनि तपाइँको स्वासको दुर्गन्ध हट्न सक्छ । यो दीर्घकालीन समाधान भने होइन ।

५) तातो पानीमा नुन मिसाएर कुल्ला गर्नुस् । गार्गल गर्दा पनि राम्रो हुन्छ ।

६) अमला, हर्रो र बर्रोको रुखको फेंदको ब्रोक्रो चपाउँदा पनि स्वासको दुर्गन्ध दुर हुन्छ ।

७) जिरालाई भुटेर खाँदा पनि स्वासको दुर्गन्ध हराउँछ ।

८) पुदिनालाई पिसेर पानीमा घोलेर दिनमा २ -३ पटक कुल्ला गर्दा पनि स्वासको दुर्गन्ध हराउँछ ।

९) विहान र सुत्नु अघि दाँत सफा गर्नुस् ब्रस गर्दा पटक पटक कुल्ला गर्नुस् ।

१०) प्रत्येक दिन एक गिलास पानीमा एक कागती निचोरेर यसले मुख कुल्ला गर्नुस् ।

About Krishna

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply