काभ्रेपलाञ्चोकमा एक श्रीमान्ले श्रीमतीको गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।raped
जिल्लाको पनौती नगरपालिका वडा नं १३ स्थित पस्थलीका ३४ वर्षीय रामशरण थापाले २८ वर्षीया श्रीमती सम्झना थापाको हँसिया र बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
पहिले हँसियाले हानेको देखिन्छ र पछि बन्चरो प्रहार गरेको देखियो, घटनास्थलबाट फर्केका प्रहरी नायब उपरीक्षक राईले बताए ।
गएराति गाउँमा सप्ताह चलिरहेको मौकामा उनले श्रीमतीको हत्या गरेको र घटनाको जानकारी आज बिहानमात्रै प्रहरीलाई गाउँलेले दिएका थिए ।
सो घटनामा संलग्न थापा घरमा नै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनका दुई छोरा छन् । प्रहरीले घरायसी झगडाका कारण सो घटना भएको आशङ्का गर्दै अनुसन्धान जारी रहेको जनाएको छ ।
No comments