२ चैत्र, बागलुङ, एक युबाले बागलुङको गलकोट हटियामा आफ्नै भतिजको हत्या गरेका छन् । २१ वर्षिय भतिज बेलबहादुर परियारको हटिया ५ खसगाँउका ३० वर्षिय मिनबहादुर दर्जीले हत्या गरेका हुन् । काकाको कुटाईबाट गम्भिर घाईते बेलबहादुरको उपचारका लागि हटिया बजार लैजाने क्रममा मृत्यु भएको हो ।
साथै मिनबहादुरको कुटाईबाट भाउजु पुर्णकला परियार गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि रातीनै पोखरा लगिएको छ । राती झगडाको खबर पाएपछि हटिया प्रहरी चौकीको टोली जादै गर्दा उक्त घटना भईसकेको हटिया प्रहरी चौकीका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।
घरायसी झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । मिनबहादुरलाई ईलाका प्रहरी कार्यालय हरिचौरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बागलुङमा चलान गरिसकेको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक खरर्ग नारायण शाहले जानकारी दिए ।
No comments