Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » नेपाल मा अनावश्यक चासो नराख्न भारतलाई ओलीको आग्रह
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, चैत १८ । दक्षिणी छिमेकी भारत र युरोपेली मुलुकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अनावश्यक चासो नराख्न चेतावनी दिएका छन् । आफ्नो आन्तरिक मामिला सम्बोधन गर्न नेपाल आफैं सक्षम रहेको उनले बताए ।
बेल्जियमको ब्रसेल्समा भएको युरोपियन युनियन र भारतको सम्मेलनले संविधानलाई दीगो र समावेशी बनाउनका लागि राजनीतिक विषयलाई सम्बोधन गर्न सुझाव दिएका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
उत्तरी छिमेकी चीनका राजदूत वु चुन्ताइ समेतको सहभागीतामा बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले नेपाल कसैको सुझावका आधारमा नभइ आफ्नै ढंगले अगाडि बढ्ने स्पष्ट पारे ।
सार्वभौम मुलुकले लोकतान्त्रिक प्रक्रियाबाट बनाएको संविधान चित्त नबुझाएका भारत र युरोपेली मुलुकहरुलाई सर्वसम्मतिबाट बनाइएका संविधान देखाउन उनले चुनौतीसमेत दिए ।
प्रधानमन्त्री ओलीले वहुदलीय प्रजातन्त्रमा  राजनीतिक दलहरु विचार र लक्ष्य अनुसार फरक-फरक हुने र ती दलमध्ये कसलाई रोज्ने भन्ने कुरा सार्वभौम जनताको अधिकारको विषय भन्दै यस बारेमा भारत र युरोपेली मुलुकहरु जानकार रहेकामा आफू विश्वस्त रहेको बताए ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply