Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » भारतलाई हराउदै वेष्टइण्डिज टी-२० विश्वकपको फाइनलमा
«
Next
भारत र ईयुलाई नेपालको जवाफ-जथाभावी वयानबाजी नगर
»
Previous
क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्

काठमाडौं चैत १८ । उसकै घरेलु मैदानमा ७ विकेटले भारतलाई हराउँदै वेष्ट इण्डिज टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
जितका लागि भारतले १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई वेष्टइण्डिजले अन्तिम २ बल बाँकी छँदा तीन विकेट गुमाएर भेट्टायो ।
वेष्टइण्डिजलाई अन्तिम २ ओभरमा २० रन चाहिएको थियो । जडेजाको बलमा रसेलले ५औं बलमा छक्का र छैटौंमा चौका हानेपछि अन्तिम ओभरमा आठ रन चाहियो ।
भारतीय कप्तान एमएस धोनीले विराट कोहलीलाई बल थमाए । पहिलो बलमा १ रन दिएका उनले दोस्रो बलमा रन जोड्ने मौका नै दिएनन् ।
तर, तेस्रो बलमा चौका हानेका रसेलले चौथो बलमा छक्का हान्दै जित दिलाए ।
वेष्टइण्डिजको सुरुवात भने खराव थियो । क्रिस गेल मात्र ५ रन बनाएर आउट भए भने दोस्रो विकेट जाादा टिमको स्कोर मात्र १९ रन थियो ।
तर, जोनसन चार्ल्स र लेन्डल सिमोन्सले पारी सम्हाले । उनीहरुले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे । चार्ल्स ५२ रनमा आउट भएपछि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आन्द्र रसेलले पनि राम्रो खेले ।
रसेलले २० बलमा ४ चौका र ४ छक्काको मदतमा हविजित ४३ रन बनाए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले विराट कोहलीको शानदार प्रर्दशनको मदतमा २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनाएको थियो ।
भारतको सुरुवात निकै राम्रो रहृयो । रोहित शर्मा र अजिन्क्या रहाणेले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरे ।
आठौं ओभरमा रोहित ४३ रनमा आउट भएपछि कोहली आए । उनले आक्रामक खेले । रहाणेसँग ६६ रनको साझेदारी गरे । रहाणने ४० रनमा आउट भए त्यसपछि कोहलीलाई कप्तान महेन्द्र सिंह धोनीले साथ दिए । कोहलीले ४७ बलमा ११ चौका र एक छक्काको मदतमा अविजित ८९ रन बनाए भने धोनी १५ रनमा अविजित रहे ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
भारत र ईयुलाई नेपालको जवाफ-जथाभावी वयानबाजी नगर
»
Previous
क्यान्सरका शुरुवाती ५ लक्षणः कहिले पनि वेवास्ता नगर्नुस्

No comments

Leave a Reply