Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » पिनास कसरि हुन्छ र यसको उपचार कसरि गर्ने ?
«
Next
Offenders flourishing behind mass of web, informal organizations
»
Previous
वास्तुशास्त्र ले यी कुराहरुलाई अशुभ मान्छ जान्नुहोस केहि उपयोगी टिप्स

पिनास रोगका मुख्य कारण : रोग प्रतिरोध क्षमतामा कमी, नाकको हडडी बाङ्गो हुने अवस्था, एलर्जी, श्वास नलिको सक्रमण, अनुचित जीवनशैली, अनुचित पाचन एवं पोषण, शरीरमा सञ्चित विषाक्त पदार्थ, मानसिक एवं शारीरिक तनाव आदि !

पिनासको लक्षण : शिरमा अत्यन्त पीडा, नाक सुख्खा हुनु, श्वासमा दुर्गन्ध, गन्धबोधमा कमी हुनु, निरन्तर रुघा लाग्नु, तातो वाफ र पिप निस्कनु, नाकको भागमा सुन्नीनु, अनुहार वरिपरी सुन्नीएको अनुभव, निरन्तर सिंगान बग्नु !

पिनासबाट बच्ने उपाय : तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खाना खाने, चिसो मौसमबाट बच्ने
नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने, नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने, 

दुग्ध पदार्थ अत्यन्त कम खाने
भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने, नियमित प्राणयाम तथा व्यायाम गर्ने, अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने !

धूम्रपान त्याग्ने
तुलसी एवं बेसार पानी पिउने र बाफ लिने, उपयोगी जडिबुटीहरु, बेसार, मोथे, अदुवा, करञ्ज, हिङ्ग, देवदारु, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली

खान र गर्न हुने कुरा
पसिना निकाल्नु, पुरानो जौ, शाली चामल, मुग, गहतको रस, लसुन, हल्का भोजन पथ्य हुन्छ । उसिनेको खाना मात्र खाने, सिंगान बगिरहेमा तातोपानीमा अदुवा, तुलसी, बेसार पानी पिउने । सुख्खा पिनास भए पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।

खान र गर्न नहुने कुरा
दही, दूध, माछा, मासु, अण्डा, पीरो, अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, बार्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुादैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेंडा, पिंडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुदैंन ।

घरेलु उपचार
हरियो धनियाा र सेतो चन्दन पिनेर सुघ्नाले छ्या नष्ट हुन्छ ।
बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने
सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ ।
चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने
सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने
नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने -सिंधे नुन)
अदुवा, हरिद्रा आदि तातो पानीसाग पिउने
आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवाा सुघ्ने
पटक पटक मनतातो पानी पिउने

पिनासको आयुर्वेदिक उपचार
तेल मालिस : तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।
स्टिम थेरापी : औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन
सकिन्छ ।

नस्यकर्म : नास्यकर्म भनेको आयुर्वेद शरीर शुद्घ प्रक्रियाअन्र्तगत शिर एवं नाशागत रोगका निमित्त महत्वपूर्ण चिकित्सा हो । नाकबाट विभिन्न औषधीहरु पठाएर पिनास एवं नासाका अन्य समस्यामा चिकित्सकको प्रत्यक्ष निगरानीमा आयुर्वेद केन्द्रमा नस्य उपचार गरिन्छ । नस्य कर्मले नासामार्ग रहेका संक्रमण नष्ट हुन्छ र रुकावट ठिक हुन्छ, साथै नव एवं जीर्ण पिनास रोग पनि सफलतापूर्वक ठिक हुन्छ ।

योग/प्राणयाम
रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ । उपयोगी प्राणयाम : कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम !


About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Offenders flourishing behind mass of web, informal organizations
»
Previous
वास्तुशास्त्र ले यी कुराहरुलाई अशुभ मान्छ जान्नुहोस केहि उपयोगी टिप्स

No comments

Leave a Reply