Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » 'गोर्खादेखि तालिवानी पनि डराउँथे'
«
Next
Newer Post
»
Previous
Older Post

नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका कान्छा राजकुमार ह्यारीले आइतबार राष्ट्रपति बिद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खाहरुले बेलायतका लागि दिएको बलिदानको मुक्तकण्ठले प्रशंशा गरे ।

आफूले सन् २००७ मा अफगानिस्तानमा सात हप्ता गोर्खा सैनिकहरुसंग तालिवानसंग लडाइं लड्दाको अनुभव सुनाउंदै ह्यारीले राष्ट्रपतिसंग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादी समेत डराउंथे । साँच्चै गोर्खाहरु बहादुर र साहसी छन् ।’ राजकुमार ह्यारीले आफू गोर्खा सैनिकका परिवारजन तथा आफन्तसंग भेट्न आतुर रहेको बताए ।
कुराकानीमा राष्ट्रपति भण्डारीले नेपाल र बेलायतको कुटनीतिक संबन्ध स्थापना भएको दुई सय बर्ष पुगेको चर्चा गर्दै राजपरिवारका सदस्य ह्यारीको भ्रमणले द्विपक्षिय संबन्ध प्रगाढ हुने विश्वास ब्यक्त गरिन् ।

राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा. मदनकुमार भट्टराईले ह्यारीले राष्ट्रपतिसंग शिष्टाचार भेट गरेको बताए । बेलायतले भूकम्प पछिको उद्वार, राहत तथा पुर्ननिर्माण प्रक्रियाका साथै यहांको विकास प्रक्रियामा पुर्‌याएको सहयोगका लागि राष्ट्रपति भण्डारीले बेलायत सरकारलाई धन्यवाद ब्यक्त गरेको भट्टराईले उल्लेख गरे ।

राष्ट्रपति भण्डारीले आउंदो अप्रिल २१ मा ९० औं बर्षमा प्रवेश गर्न लागेकी बेलायती महारानी एलिजाबेथ द्वितियलाई जन्मदिनको अग्रिम शुभकामना पनि दिइन् ।

ह्यारीले नेपालका जनतामा रहेको भूकम्पको पीडा सहनसक्ने क्षमताको प्रशंशा गर्दै भूकम्पले क्षत विक्षत पारेको नेपालका लागि आफ्ना तर्फबाट सद्भाव दर्शाउन भ्रमणमा आएको बताए ।

‘नेपाललाई सहयोग गर्न चाहने विश्वभरका मानिसलाई नेपाल घुम्न खुल्ला छ, साथै ब्यापारिक दृष्टिले पनि खुल्ला छ, त्यसैले यहां आउन र भ्रमण गर्न आउनुहोस् भन्ने सन्देश दिन म नेपाल आएका हुं' ह्यारीले भेटमा भने ।

नेपालको पर्यटनको महत्व, भूकम्प पछिको पुर्ननिर्माण, जलवायु परिवर्तन र प्रकृति संरक्षणका बिषयमा भेटमा कुराकानी भएको बेलायती राजदरबार केसिङ्टन प्यालेसले विज्ञप्तिमा जनाएको छ ।

भेटमा आगामी बुधबार राष्ट्रपति भण्डारी र ह्यारीले संयुक्त रुपमा उद्घाटन गर्ने ‘फस्र्ट गर्ल समिट' का बिषयमा पनि कुराकानी भएको थियो । ‘महिला, वालवालिका माथि हुने भेदभाव र वालविवाहका बिषयमा मेरा तर्फबाट केही थप कुराहरु राख्नुपर्छ भने कृपया बताउनुहोला’ राष्ट्रपतिसंग ह्यारीले भेटमा भने । सन् २०३० भित्र नेपालबाट वाल विवाह निर्मूल पार्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा बिभिन्न देशका प्रतिनिधीहरु सहभागि हुंदैछन् ।

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply