Select Menu

Slider

Powered by Blogger.

Travel

Performance

Sports

Technology

Slider

Politics

Sex and Crime

» » » बाँडीचुँडी खान सरकारमा गइँदैन रे - देउवाले भने
«
Next
Newer Post
»
Previous
Older Post

काठमाडौं, चैत ७  । हालै निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय मुद्दाहरुको समाधानका लागि दलहरुबीच सहकार्य हुनुपर्ने औंल्याउदै ‘बाँडिचुडी खानकै लागि’ भने आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने उदघोष गरेका छन् ।

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आइतबार राजधानीमा आयोजना गरिएको अन्तरक्रियामा एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
तर, सोही कार्यक्रममा उपस्थित कांग्रेस सभापति देउवाले भने- ‘बाँडीचुडी खाउँ, सरकारमा जाउँ भन्न खोजीएको हो भने मेरो भन्नु केही छैन, होइन भने अरुखालको सहकार्य भएकै छ र भविष्यमा पनि हुनेछ ।’
एमाले महासचिव पोखरेलले संक्रमणकालको पहिलो अध्याय सकिएर दोस्रो अध्याय सुरु भएको भन्दै अझै पनि दलहरु सत्तापक्ष र प्रतिपक्षमा बाँडिनु नहुने बताएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।
कुनै विशेष परिस्थितिमा राष्ट्रिय सरकार गठन औचित्यपूर्ण हुने भन्दै कांग्रेस सभापति देउवाले अहिले केवल बाँडिचुँडी खानका लागि सरकारमा जान कांग्रेस इच्छुक नरहेको प्रष्ट पारे ।
सभापति देउवाले मधेस समस्या र सीमांकन अहिलेको प्रमुख समस्या रहेको उल्लेख गरे । उनले भने, ‘यो समस्या समाधान गरेपछि मात्रै देशमा स्थायी शान्ति र स्थिरता आउन सक्छ ।’

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply