काठमाडौं, फागुन २९ । मलेसियन सरकारले सुुरु गरेको अवैधानिक पूर्नदर्ता कार्यक्रममा सहभागी नभएका मलेसियामा अवैध रुपमा कार्यरत दुई सय ५८ जना नेपाली कामदार पक्राउ परेका छन् ।
गृहमन्त्रालयको निर्देशन अनुसार ६ सय ५४ वटा अप्रेसन चलाएर प्रहरीले १२ हजार ६ सय ५७ विदेशी कामदारको बैधानिकता परीक्षण गरिएको थियो । जसमध्ये चार हजार १ सय १४ जना अवैध कामदार रहेको फेला परेको मलेसियन अध्यागमन विभागका महानिर्देशक सेरी सकिब कुस्मीले जानकारी दिए ।
नेपाली कामदारसँगै १ हजार २ सय २१ इन्डोनेसियन, बंगलादेशी, ४ सय ८, १ हजार ७ सय ७७ बर्मेली, १ सय ५२ थाइ, १ सय ३८ भियतनामी, ३ सय ३८ फिलिपिनो, र १ सय ३२ जना पाकिस्तानी कामदार पनि पक्राउ परेको बेर्नामाडटकमले जनाएको छ ।
अवैध कामदारसँगै तिनका रोजगारदातालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ । यस क्रममा २ सय ५८ अवैध नेपाली कामदार पनि हिरासतमा पुगेका छन् ।
अवैधानिक विदेशी कामदार विरुद्ध कडा नीति लिने संकेत गरे लगत्तै ठूलो संख्यामा अवैधानिक विदेशी कामदार र उनीहरुका रोजगारदाता पक्राउ परेका हुन् ।
अवैधानिक कामदारलाई रोजगारी दिने १ सय १८ जना उद्योगी/व्यवसायी पनि पक्राउ परेका छन् ।
पक्राउ पर्ने रोजगारदातामध्ये १ सय १० जना मलेसियन छन् भने इन्डोनेसियाका ३ तथा यमन, पाकिस्तान, कम्बोडिया र बंगलादेशका एक-एक जना छन् ।
मलेसियाको अध्यागमन विभागको अगुवाइमा अैधानिक कामदार र मालिकहरु पक्रिने क्रम तीव्र भएको छ । शुक्रबार मात्रै मलेसियाले पुर्नदर्ता नगर्ने रोजगारदाता र अवैध कामदारलाई पक्राउ गरी कोर्रा हान्नेसम्मको सजाय दिने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस >>
मलेसियामा अवैध बसिरहे यसरि ‘कोर्रा’ हानिने, जुन ३० सम्म पूर्नदर्ता हुनैपर्ने
यो पनि पढ्नुहोस >>
मलेसियामा अवैध बसिरहे यसरि ‘कोर्रा’ हानिने, जुन ३० सम्म पूर्नदर्ता हुनैपर्ने



No comments